अन्तर्राष्ट्रिय सिमानाका खोलेर १५ मिनेटमा विवाह

0
1326

दार्चुला, असार ३० गते ।
लकडाउनका कारण बन्द गरिएको अन्र्तराष्ट्रिय सिमानाका खुलाएर १५ मिनेटमा विवाह सम्पन्न गरिएको छ । भारतको पिथौरागढ जिल्ला सदरमुकामको सातसिलिङ निवासी २६ वर्षिय युवा कमलवहादुर चन्दले मंगलवार व्यास गाउँपालिका वडा नम्बर ५ धौलाकोट तिगरमका २१ वर्षिया राधिका बमसंग विवाह गरेका हुन् ।
‘विवाह गर्नेबारे टुंगो लागे पनि सिमानाका बन्द हुँदा विवाह गर्न समस्या भइरहेको थियो, दुबैतर्पmको प्रशासनसंग समन्वय गरेर १५ मिनेटका लागि पुल खुलाइएको हो’ दुलहीका हजुरवुवा नरवहादुर बमले भन्नुभयो । विवाहका लागि १५ मिनेट अन्तर्राष्ट्रिय सिमानाका जोड्ने झोलुंगेपुल खोल्न पिथौरागढका डिएमबाट अनुमति प्राप्त भएपछि धारचुलाको एसडिएम कार्यालयले नेपालको प्रशासनलाई जानकारी गराएको थियो ।
विवाहका लागि पिथौरागढबाट बुवा भरतवहादुर चन्द र भाईसहित दुलाहा कमलवहादुर चन्द धारचुला पुगेका थिए । धारचुला र दार्चुलाको खलंगा बजार जोड्ने महाकालीको झोलुंगे पुल तरेर कमल एक्लै नेपाल पुगेका थिए । भारतीय प्रशासनले बेहुलालाई मात्रै नेपाल आउने अनुमति दिएको थियो । बेहुलाका बुवा भरत र भाई भारततर्फको पुलछेउ मै पर्खिरहेका थिए ।
स्थायी ठेगाना धौलाकोटको तिगरम भए पनि खलंगामा पनि बसोवास भएको बम परिवारले खलंगा पुलघाट मै रहेको महाकाली मन्दिरमा कन्यादान गरेको छ । ‘समय कम थियो, पुलघाटको महाकाली मन्दिरमै दुहालादुलहीलाई टिकाटालो गरिदियौं’ कन्याका हजुरवुवा नरवहादुर बमले भन्नुभयो ।
बेहुलालाई बेहुली सुम्पन्न कन्याका आफन्तजन पुलघाट पुगेका थिए । १० कक्षा अध्ययन गरी नातिनीको इष्टमित्रको सर्कलमै विवाह गरिएको नरवहादुरको भनाई छ । नातिनीको विवाहका लागि पुल खुलाउन वडा कार्यालयबाट समेत सिफारिस बनाएर प्रशासन कार्यालयमा निवेदन दिएको उहाँले बताउनुभयो ।
लकडाउनका कारण बेहुलीको साथमा कन्यापक्षका कोही पनि जान पाएका छैनन् । ‘दुलाहालाई मात्रै बोलाएर विवाह गराउन पनि धेरै कसरत गर्नुपर्यो, दुलहीसंग माइति पक्षका कोही जान पाएनन्’ दुलहीका हजुरवुवा नरवहादुरले भन्नुभयो ।