महाकाली काेरिडाेरमा ५२ कराेड बजेट सुनिश्चितता

0
37

दार्चुला, जेठ २ गते ।
महाकाली काेरिडाेर सडक आयाेजनामा सडक कालाेपत्रे कार्यका लागि ५२ कराेड रूपैयाँ स्राेत सुनिश्चितता भएको छ । अर्थ मन्त्रालयले वैशाख २९ गते मन्त्रीस्तरीय निर्णय गरि ५१ करोड ९९ लाख रूपैयाँकाे निर्माण कार्य अघि बढाउन सहमति दिएको हाे ।
बहुवर्षिय ठेक्का प्रक्रियामार्फत ६ दशमलव ०२ किलोमिटर सडक कालाेपत्रे निर्माण कार्य याे बजेटबाट गरिने महाकाली काेरिडाेर सडक याेजनाका इन्जिनियर दिनेश रैखाेलाले बताउनुभयो । `अर्थबाट स्राेत सुनिश्चितताकाे सहमति प्राप्त भइ सडक विभागसम्म अौपचारिक जानकारी प्राप्त भएको छ´ उहाँले भन्नुभयो ।
दुई हप्ताभित्रै सडक कालाेपत्रेकाे टेण्डर प्रक्रिया सुरू गरिने उहाँले बताउनुभयो । महाकाली काेरिडाेरअन्तर्गत दुहुँ गाउपालिकाकाे तिमुरपाटा-जाेशीगाउँ खण्डकाे ४ किलोमिटर र त्यसभन्दा माथिल्लो क्षेत्रमा २ किलोमिटर सडक कालाेपत्रे गरिनेछ ।
महाकाली काेरिडाेरमा चार वर्षपछि बहुवर्षिय ठेक्काका लागि स्राेत सहमति प्राप्त भएको हाे । यसअघि आर्थिक वर्ष २०७८/७९ मा ३० किलोमिटर सडक कालाेपत्रे गर्न र १ सय १७ किलोमिटर सडककाे ट्रयाक खाेल्न ३ अर्ब ९७ कराेड रूपैयाँकाे स्राेत सहमति प्राप्त भएको थियाे ।
२०७८ पुषमा करिब ४ अर्ब रूपैयाँकाे स्राेत सहमति प्राप्त भएपछि चार वर्षसम्म महाकाली काेरिडाेरमा बहुवर्षिय ठेक्का खाेल्न थप स्राेतकाे सहमति प्राप्त भएको थिएन ।
हाल बेत-जाेलजिवि-उकु क्षेत्रमा १२ किलोमिटर र खलंगा-तिमुरपाटा-हिकिला-धाैलाकाेट क्षेत्रकाे १८ किलोमिटर सडक कालाेपत्रे ठेक्का चालू अवस्थामा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here