स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टलाई जनसेवाश्री पदक

0
612

दार्चुला, असोज ३ गते ।
सरकारले संविधान दिवशको अवसरमा स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टलाई जनसेवाश्री पदकबाट सम्मानित गरेको छ ।

दार्चुला जस्तो विकट जिल्लामा स्वास्थ्य क्षेत्रमा अहोरात्र खटिने स्वास्थ्य कार्यालय प्रमुख भट्टलाई सरकारले दिवसको अवसरमा जनसेवाश्री पदक प्रदान गरेको हो । नेपालको संविधानको धारा २ सय ७७ को उपधार १ बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले विभूषण प्रदान गरेका हुन् । संविधान दिवसको अवसरमा देशभर राष्ट्रपति विद्यादेवि भण्डारीले ९ सय ३ जनालाई विभिन्न विभूषण, अलंकार तथा पदक प्रदान गरेका छन् ।