संकल्प दार्चुलाद्धारा पुलघाटमा होल्डिङ सेन्टर स्थापना

0
956
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, मंसिर ३० गते । संकल्प दार्चुलाले नेपाल भारत जोड्ने खलंगा स्थित पुलघाट नाकामा होल्डिङ सेन्टरको स्थापना गरेको छ । सीमानाका हुने आवत जावतले कोरोनाको जोखिम निमत्याउने हुदाँ पुलघाटमा होल्डिङ सेन्टरको स्थापना गरि हात धुने तथा तापक्रम चेकजाँच गर्ने ब्यवस्थापन गरिएको संकल्प दार्चुलाले जनाएको छ । पुलघाटमा आवत जावत गर्नेहरुलाई हात धुन पानीको ब्यवस्थापनका लागि १ हजार लिटरको पानी ट्याङ्की, सेनिटाइजर, तापक्रम नाप्ने थर्माेमिटर, विना मास्क हिडिरहेका हरुलाई मास्क वितरण गर्न मास्क, पिपिई लगायत विभिन्न सामग्रीहरु राखीएको संकल्प दार्चुलाका निर्देशक नारायण जोशीले जानकारी दिनुभयो । महाकाली नगरपालिकाको समन्वयमा, गुडनेर्वस इन्टरनेसनलको सहयोगमा र संकल्प दार्चुला द्धारा सञ्चालीत हेल्थ एण्ड वास कार्यक्रम अन्र्तगत महाकाली नगरपालिकाको पुलघाटमा होल्डिङ सेन्टरको स्थापना गरिएको हो ।