लेकम गाउँपालिकामा एक जना भुपु सैनिक मृत फेला

886
सांकेतिक तस्बीर

दार्चुला, पुस १ गते ।
लेकम गाउँपालिकामा एक जना भुपु सैनिक मृत भेटिएका छन् । लेकम गाउँपालिका वडा ५ रिठा बस्ने अन्दाजी ३९ वर्षका भुपु सैनिक जगदिश बोहरा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी पुस्कर सिह ऐरीले जानकारी दिनुभयो । आईतबार पेन्सन बुझ्को लागि जिल्ला सदरमुकाम दार्चुला आएका बोहरा आज लेकम गाउँपालिका वडा नम्वर ५ को जयपुर मन्दिर नजिक च्युराभिर भन्ने ठाउँमा मृत फेला परेको बताइएको छ ।
भिरमा एक जना लडेको भेटिएको भन्ने जानकारी आएपछि प्रहरीटोली घटना स्थलमा पुगेको थियो । भिरबाट ५० ÷ ६० मिटर तल खसेको अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सुचना अधिकारी पुस्कर सिह ऐरीले जानकारी दिनुभयो ।
इलाका प्रहरी चौकी रिठाचौपाताबाट प्रहरीको टोली घट्ना स्थलमा पुगेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक ऐरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !