महाकाली नगरपालिकाको एघारौँ हिँउदे नगरसभा सम्पन्न

0
419

दार्चुला,पुष १९ गते ।
महाकाली नगरपालिकाको एघारौँ नगरसभा सम्पन्न भएको छ । हिउँदे सभाको रूपमा लिइएको यो नगरसभाबाट ऐन नियम र प्रतिवेदन स्वीकृत गर्दै सम्पन्न भएको हो । पुष १७ गते देखि संञ्चालनमा रहेको नगरपालिकाको एघारौँ नगरसभा मंगलबार सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिनु भयो । नगरप्रमुख नर सिंह चैसिरले उद्घाटन गरेको नगरसभाले नगर प्रहरी ऐन लगायत संगठन व्यवस्थापन सर्वेक्षण प्रतिवेदन लगायतका ऐन नियम कार्यविधि २०७९ एघारौँ नगरसभाले पारित गरेको नगर प्रमुख नरसिंह चैसिरले जानकारी दिनु भयो । यस्तै नगरपालिकाबाट नियुक्त भएका कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको न्युनतम तलब दिने निर्णय भएको उहाँले बताउनुभयो । नगरसभामा नगर प्रमुख,उपप्रमुख सम्पुर्ण नगरपालिका भरीका जनप्रतिनिधि र कर्मचारी लगायतको सहभागिता रहेको थियो ।