भारतीय सेनाध्यक्ष नरवणे कालापानी, लिपुलेक क्षेत्रको भ्रमणमा

0
1008
फाईल फोटो

दार्चुला, कार्तिक २८ गते ।
भारतीय थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे शुक्रबार कालापानी, लिपुलेक क्षेत्रको भ्रमणमा रहेका छन् । शुक्रबार भारतले अतिक्रमण गरेको नेपाली भूमी कालापानी, लिपुलेक क्षेत्रमा नरवणे हेलिकोप्टर मार्फत पुगेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । नेपाल–भारत सीमा विवाद पछि पहिलो पटक सेना प्रमुख कालापानी क्षेत्रका पुगेका छन् । कालापानी क्षेत्रको भ्रमणका लागि विहिबार सेनाध्यक्ष पिथौरागढ पुगेका थिए । चीनले मानसरोवर क्षेत्रमा मिसाइल बेस स्थापना गरेको तथा नेपालले आफ्नो अतिक्रमण भएको भूमी समेटेर नयाँ नक्सा जारी गरेको परिबेशमा भारतीय सेनाध्यक्षको अतिक्रमित नेपाली भूमीमा भ्रमण भएको छ ।