नेपाली प्रशासनलाई जानकारी विनै महाकालीमा एसएसबीको र्‍याफ्टिङ

0
384
दार्चुला,फागुन १४ गते
महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली प्रशासनलाई जानकारी नदिई र्‍याफ्टिङ गरिरहेको छ । भारतीय पक्षले विपद् प्रतिकार्य र खोज उद्धार अभ्यासका नाममा महाकाली नदीमा र्‍याफ्टिङ गरिरहेको हो । बिहीवार दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्वर ७ जौलजिवी देखि दक्षिण तर्फ सुरु भएको र्‍याफ्टिङ आइतबार कञ्चनपुरको सीमावर्ती क्षेत्र टनकपुर पुगेर समापन हुने छ । भारतको उत्तराखण्ड राज्यको पिथौरागढ र धार्चुला क्षेत्रका एसएसबीको टोलीले सैन्य गतिविधिकै झल्को दिने गरी महाकालीमा र्‍याफ्टिङ गरिरहेका हुन् । उक्त टोलीमा कति जना छन् भन्नेसम्म पनि नेपाली प्रशासनलाई जानकारी न भएको र यस विषयमा पिथौरागढका डीएम रिना जोशीलाई शुक्रबार पत्राचार पनि गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनु भयो । सीमा नदी भएकाले समन्वय गर्नुपर्नेमा अबदेखि यस्तो नगर्न समेत पत्रमा उल्लेख गरिएको उनले उनले बताउनु भयो । जानकारी बिना गतिविधि भइरहेकाले अबदेखि पूर्वजानकारी वा समन्वय गरेर मात्रै यस्ता गतिविधि गर्न पत्रचार गरिएको प्रजिअ उपाध्यायले बताएका छन । पिथौरागढ र धार्चुला क्षेत्रका ४१ जनाको एसएसबीको टोलीले महाकाली नदीमा ११५ किलोमिटर टनकपुर सम्म र्‍याफ्टिङ गरिएको भारतीय पत्रिका अम्मर उजालाले समाचार लेखेको छ । महाकालीको जलयात्रा गरिएका एसएसबीको टोली महाकालीको तीर संगै रहेका सुदुरपश्चिमको दार्चुलाको जोलजिवी,बैतडीको झुलाघाट,पञ्चेश्वर,डडेल्धुराको परशुराम हुँदै कञ्चनपुर स्थित सीमावर्ती क्षेत्र टनकपुर ब्रहमदेव पुग्ने योजना छ । नेपाली प्रशासनको समन्वय विना महाकालीमा एसएसबीको गतिविधि किन गरियो भनेर दार्चुला प्रशासनले पिथौरागढ प्रशासनलाई जवाफ मागेको भए पनि अहिले सम्म भारतीय प्रशासनले दार्चुला प्रशासनलाई जवाफ दिएको छैन ।