हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

0
258

दार्चुला,फागुन १५ गते
दार्चुलाबाट एक गर्भवती महिलाकाे हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको अपि हिमाल गाउँपालिका वडा नम्वर ३ क्ष्यति घर भएकी २२ वर्षीया सुरन्ती बोहराको सुत्केरी व्यथा लागेको तीन दिन पछि नेपाली सेनाको हेलिकेप्टर मार्फत उद्धार गरी सुर्खेत पठाएको हो । तिन दिन देखी आधारभुत स्वास्थ सेवा केन्द्र पाथामा भर्ना भएको र त्यहाँ सुत्केरी हुन नसकेपछि सोमबार विहान स्वास्थ्य चौकी खाण्डेश्वरीमा भर्ना गरिएको थियो । चेकजाँच गर्दा पेटमा रहेको बच्चाको मुटुको धड्कन नचले पछि जिल्ला प्रशासन कार्यालय दार्चुला सित समन्वय गरी सोमबार साँझ ५ बजे नेपाली सेनाको हेलिकेप्टर मार्फत उद्धार गरिएको अपि हिमाल गाएउँपालिका स्वास्थ्य संयोजक राजेन्द्र सिंह धामीले जानकारी दिनु भयो । राष्ट्रपति महिला उत्थान कायक्रम मार्फत नेपाली सेनाको एन ००६ नम्वरको कल साईन रहेको हेलिकेप्टरबाट उद्धार गरि सुर्खेत लगिएको छ ।