दार्चुलामा शान्ती सुरक्षा र अमन चयन कायम गराउन अहोरात्र खट्छुः डीएसपी सिंह

0
295

दार्चुला,भाद्र २४ गते ।
दार्चुला प्रहरी प्रमुखको रुपमा नयाँ डीएसपीको कार्यभार सम्हालेका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले दार्चुलाको अपराध न्यूनिकरण गर्न अहोरात्र खट्ने बताएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो उपत्यका सेक्टर नक्साल काठमाडौबाट सरुवा भएर दार्चुला आउनु भएका प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले जिल्ला प्रहरी कार्यालय दार्चुलाद्धारा आयोजित पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा आईतबार बोल्दै संचारकर्मी र अन्य निकाय सङ समन्वय गरि दार्चुलालाई अपराधबाट सुरक्षित बनाउन सदैव तत्पर रहने बताएका हुन् ।
यस अघिका प्रहरी प्रमुख डिएसपी तर्कराज पाण्डेयको काठमाडौ उपत्यका प्रहरी कार्यालय तालिम शाखा रानिपोखरी सरुवा भएपछि उनको ठाउँमा सरुवा भएर दार्चुला पुगेका सिंहले पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा जिल्लाको समग्र अवस्था बारे प्रारम्भिक अध्ययन गर्दा सुरक्षाको दृष्टिकोणले समेत अन्य पहाडी जिल्ला भन्दा दार्चुला जिल्ला शान्त रहेको भएपनि देखिने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
जिल्लाको आपराधिक गतिबिधिहरुको अध्ययन गर्ने क्रममा लागु औषध देहव्यापार लगायतका घटनाहरु हुने गरेको भन्दै तत्काल एक्सनमा आएर काम गर्ने बताउनु भयो । “मैले रिजल्ट सकारात्मक आउने गरी काम गर्छु, विगतको भन्दा शान्ति सुरक्षाको अवस्थामा केहि चेन्ज पाउनु हुन्छ उहाले भन्नुभयो ।’साथै उहाले सीमानाकामा हुने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न सीमा सुरक्षा बैठकमा कुरा गर्ने तथा दुवै देशका सुरक्षाकर्मी मिलेर अरापध न्युनिकरण गर्ने बताउभयो ।
जिल्ला सदरमुकाम क्षेत्र लगायत अन्य होटेलहरुमा हुने अनैतिक किसिमका गतिविधिलाई पुर्णरुपमा नियन्त्रण गर्ने बताउनु भएको छ । यि काम गर्नका लागि प्रहरी एक्लैले नसक्ने हुदाँ यसमा पत्रकारहरुको समेत साथ चाहेको बताए । अन्तरक्रियाकै क्रममा उनले जिल्लाका कुनै पनि स्थानमा केही घटना भए वा गतिबिधीहरु भए पत्रकाहरुलाई तत्काल प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरे ।
त्यस्तै जिल्ला स्थित आफुलगायत प्रहरी कर्मचारीहरुले आ–आफ्नो जिम्मेवारी कठिबद्ध भएर बहन गर्ने भन्दै उनले अहिले प्रहरीले गरिरहेको भन्दा छुट्टै संयन्त्र बनाएर नागरिकको जनधनको रक्षासंगै र शान्ति सुरक्षा कायम गराउने तयारी भैरहेको उनको भनाई थियो । भोली जिल्लामा रहेका यातायात व्यवसायी होटल व्यवसायीहरु संग कार्यक्रम राखेर जिल्लामा शान्ती सुरक्षा कायम राख्ने बताएका छन् । जिल्लामा पछिल्लो समय युवापिडि लागु औषधतिर गएको पत्रकारहरुको प्रश्नमा डिएसपी सिंहले युवा जमातलाई सम्झाई बुझाई गर्ने नमाने मुद्धादर्ता गरेर कारबार्ही गर्ने बताएका छन् ।
लागु औसध विषयक प्रसङ्गमा बोल्दै उहाँले दार्चुलामा पछिल्लो समय लागु औसध तस्करी ,दुर्ब्यसनी बढेको रेकर्ड र विभिन्न तथ्य आफुले पाईरहेकोले यस बिसयमा गम्भीर भएर लाग्ने बताएका छन् । कार्यक्रममा पत्रकारहरुले विशेष गरी ट्राफिक ब्यवस्थापनलाई थप व्यवस्थित गर्न, जिल्लाका विभिन्न ठाउँमा मौलाउँदै गएको लागुपदार्थ दुब्र्यसनको नियन्त्रणका लागि आवश्यक पहल गनुपर्ने लगायतका विषयमा सुझाब दिएका थिए ।