दार्चुलामा पसल माथि ढुङ्गा खस्दा एक घाइते

0
3545

दार्चुला असार २९ गते ।
दार्चुलाकाे महाकाली नगरपालिका ४ रिङ्न तालमा ढुङ्गाले लागेर एक जना घाइते भएका छन् । जिल्लाकाे दुहुँ गाउँपालिका वडा नम्वर ५ घर भई हाल दार्चुला उद्योग वाणिज्य संघमा कार्यरत कार्यकारी अधिकृत अमर महरा चिया पसलमा बसिरहेको बेला माथिबाट ढुङ्गा खस्दा घाइते भएका हुन् । बिहिवार बेलुका ७:३० बजे तिर मानसिंह बडालकाे चिया पसलमा माथिबाट ढुङ्गा खस्दा महराको टाउकाेमा चाेट लागेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयाे । उनकाे जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचार पछि थप उपचारको लागि धनगढी रिफर गरिएको छ । जिल्ला अस्पताल दार्चुलामा एम्बुलेन्स नहुदा मालिकार्जुन गाउँपालिकाकाे एम्बुलेन्स मार्फत धनगढी लगिएको मालिकार्जुन गाउँपालिका वडा नम्वर २ का वडा सदस्य भुवन सिंह धामीले जानकारी दिनु भयाे । ढुङ्गा खस्दा मान सिंह बडालकाे पसलमा पनि क्षति भएको प्रहरीले जनाएको छ ।