दार्चुलाको रौनक होटलमा झडप हुँदा चार जना घाइते

0
1489

दार्चुला,साउन १ गते ।
दार्चुला सदरमुकाममा रहेको एक होटेलमा युवाहरु बीच सामान्य विवाद भइ झडप हुदा चार जना घाइते भएका छन् । महाकाली नगरपालिका वडा नम्वर ४ स्थित पुरानाे रौनक होटल र अहिलेकाे अपि होटल एण्ड रेष्टुरेन्टमा एक अर्का बीच विवाद भई झडप हुँदा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनु भयो । घाइते हुनेहरुमा राष्ट्रिय युवा संघ नेपाल दार्चुलाका अध्यक्ष अनिल सिंह ठगुन्ना, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिंह बुढाथोकी,महाकाली नगरपालिका वडा नम्वर १ मलेराका प्रकाश सिंह कार्की र सोही ठाउकै प्रकाश सिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । होटेलमा विवाद हुँदा होटेलमा रहेका वियरका वोतल एकले अर्कोलाई प्रहार गर्दा चारै जना घाइते भएका हुन् । उनीहरुको जिल्ला अस्पताल दार्चुलामा प्राथमिक उपचार पछि चारै जनालाई थप उपचारको लागि धनगढी रिफर गरिएको छ । घाइते मध्ये अनिल सिंह ठगुन्ना र प्रकाश कार्कीको टाउकोमा चोट लागेको छ । यस्तै प्रकाश कार्की र चरनसिंह बुढाथोकीको भने हात र शरिरमा चोट लागेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक सिंहले जानकारी दिनु भएको छ ।