चार गाउपालिकामा नया प्रशासकीय अधिकृत

0
2602

दार्चुला, फागुन २३ गते ।
नेपाल सरकारले दार्चुलाका चार गाउपालिकामा नया प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार प्रमुख प्रशासकीय अधिकृतहरूकाे पदस्थापना विवरण सार्वजनिक गरेकाे छ ।
कर्मचारी समायोजनपछि गरिएको पदस्थापन विवरण अनुसार मालिकार्जुन, व्यास, दुहु र अपिहिमाल गाउपालिकामा नया अधिकृत ताेकिएका छन् । मालिकार्जुनकाे प्रमुख प्रशासकीय अधिकृतमा कृष्ण खनालकाे पदस्थापन गरिएको छ । खनाल हालसम्म ५ नम्बर प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् ।
दार्चुलाका जिल्ला निर्वाचन अधिकारी प्रदीपसिह धामीकाे व्यास गाउपालिकामा पदस्थापन भएको छ । दुहु गाउपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा शिवसिह भण्डारी ताेकिएका छन् । भण्डारी हाल सुदुरपश्चिम प्रदेशकाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यरत छन् ।
सुदुरपश्चिम प्रदेशकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत लाेकराज जाेशी अपिहिमाल गाउपालिकामा पदस्थापन भएको छ ।
लेकम, मार्मा र नाैगाड गाउपालिकामा भने हाल कार्यरत प्रमुख प्रशासकिय अधिकृतहरूकाे पदस्थापन भएको छ ।