नारी आन्दोलनमा महत्त्वपूर्ण उपलब्धि : प्रदेशसभा सदस्य धामी

2418

दार्चुला, फागुन २३ गते ।
सुदुरपश्चिम प्रदेशसभा सदस्य मानवहादुर धामीले नेपालकाे नारी आन्दाेलनमा महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा मालिकार्जुन गाउपालिकाले आयाेजना गरेकाे अन्तर वडास्तरिय महिला भलिवल प्रतियोगिताको विहिवार उदघाटन गर्दै यस्ताे बताएका हुन् ।
नया संविधान र शासकिय संरचनामा महिला सहभागिता सुनिश्चित गरिएको उहाले बताउनुभयो । `महिला सहभागिता बढेकाे छ, अब सशक्तीकरणमा जाेड दिनुपर्छ´ प्रदेशसभा सदस्य धामीले भन्नुभयाे ।
महिलाहरूकाे विकास र सशक्तीकरणका लागि सबै पक्ष र क्षेत्रकाे भूमिका आवश्यक रहेकाे उहाँले बताउनुभयो । नारीलाई प्राथमिकता र महत्त्व दिए मात्रै सिंगाे समाजकाे रूपान्तरण छिटाे र सहज हुने उहाकाे भनाइ छ ।
कार्यक्रमका अतिथि मार्मा गाउपालिका अध्यक्ष जमनसिह धामीले नीति निर्माण तहका साथै कार्यान्वयनमा समेत महिला सहभागिता सुनिश्चित गरिएको बताउनुभयाे ।
मालिकार्जुन गाउपालिका अध्यक्ष नरेन्द्रसिह धामीले महिलाहरूकाे विकास र सशक्तीकरणलाई गाउपालिकाले प्राथमिकता दिएको बताउनुभयो । गाउपालिका उपाध्यक्ष पुष्पा अवस्थीले अहिले पनि पुरूषकाे सहयाेगविना महिलावर्गले स्वतन्त्र भएर काम गर्नसक्ने अवस्था नबनेकाे बताउनुभयो ।
कार्यक्रममा नेकपाका नेता माेहनसिह धामी, नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामी र मालिकार्जुन गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दशरथ भट्टले मन्तव्य राख्नुभएको छ ।
मालिकार्जुन गाउपालिकाका ८ वटै वडाबाट महिला टिमकाे प्रतियोगितामा सहभागिता छ । गाउपालिका केन्द्र शंकरपुरमा सञ्चालन भएको भलिवल प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय हुने महिला टिमलाई क्रमश: नगद १५ हजार, १० हजार र ५ हजार रूपैयाँ तथा प्रमाणपत्र दिइने मालिकार्जुन गाउपालिकाका महिला वालवालिका तथा समाज कल्याण इकाई प्रमुख आरति शर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !