कृर्षि ज्ञान केन्द्र दार्चुलाद्धारा स्थानिय तहका जनप्रतिनिधिहरु संग समन्वय बैठक

0
686

दार्चुला, असोज २६ गते ।

कृर्षि ज्ञान केन्द्र दार्चुलाले जिल्लाका स्थानियतहका जनप्रतिनिधिहरु संग सोमबार समन्वयात्मक बैठक गरको छ ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश कुमार पन्तले चालु आर्थिक बर्षमा आफ्नो कार्यालयबाट सञ्चालन गर्ने कार्यक्रमहरुको सूचना प्रकाशनको कार्य गरिएको जानकारी दिनुभएको छ । कृर्षि ज्ञान केन्द्र दार्चुलामा चालु आर्थिक बर्षबाट सञ्चालनमा आएकाले आफुहरु प्रारम्भीक चरणमा रहेको उहाँको भनाई छ ।
कृर्षि ज्ञान केन्द्र संग चालु आर्थिक बर्षमा साना सिचाई , विउ उत्पादन, उत्पादन भएको कृर्षि उपजको बजारीकरण, ब्यवसायीक बगैचा निर्माणका लागि विरुवा अनुदान, माटो परिक्षण, बाझो जमिनका खेती गर्ने कृषकहरुलाई प्रोत्साहन लगायका विभिन्न किसीमका कृषक लक्षीत कार्यक्रम रहेको जानकारी दिनुभयो ।
कृर्षि ज्ञान केन्द्र दार्चुलाले चालु आर्थिक बर्षमा ४३ हेक्टर जमिनमा उन्नत जातको ब्यवसायीक फलफुल बगैचा स्थापना गर्ने, अपीहिमाल र ब्यास गाउँपालिकालाई प्राङ्गारीक क्षेत्र घोषणा गरि उत्पादन प्रक्रिया अगाडी बढाउने, दार्चुलाको चिउरीको महलाई प्रर्बद्धन तह चिनारी दिई बजारीकरण गर्ने, दार्चुलाको ओखरलाई चिनारी दिएर बजारीकरण गर्ने तथा उच्च भेगमा उत्पादीत राजमालाई प्रबद्र्धन तथा चिनारी प्रदान गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख पन्तको भनाई छ ।
त्यसैगरि कृर्षि विमालाई ब्यापकता दिने, दार्चुलामा ब्यवसायीक विउ विजन कम्पनीको स्थापना गर्ने, जिल्लाको तथ्याङ्क ब्यवस्थीत गर्ने, माटो स्वास्थ्य कार्ड जारी गर्ने, बजारीकरण प्रणालीको विकास गर्ने तथा निकट भविष्यमा माटो जाचँ सेवा विस्तार गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

विदेशबाट फर्किएका युवा लक्षित कार्यक्रम

सुदुरपश्चिम प्रदेशको भुमि ब्यववस्था, कृर्षि तथा सहकारी मन्त्रालयले कोरोना प्रभावले विदेशबाट फर्किका युवाहरु लक्षित कार्यक्रम ल्याएको छ ।
कार्यक्रममा बोल्दै विदेशबाट फर्किका युवाहरुलाई कृर्षि क्षेत्रमा लाग्न प्र्रोत्साहन गर्न कृर्षि क्षेत्रका लागि ३० लाख तथा पशुपंक्षीका क्षेत्रका लागि ६० लाख बजेट विनियोजन गरेको मन्त्रालयका योजना महाशाखा प्रमुख गोकुल बोहराले जानकारी दिनुभयो ।
कृर्षि अन्र्तगत तरकारी खेती , च्याउ,मौरी, नर्सरी तथा फलफुलका कार्यक्रम गर्ने युवाहरुलाई प्रति कार्यक्रम ३० हजार र पशुपंक्षी अन्र्तगत बाख्रा, बंगुर तथा कुखुरा पालनका लागि प्रति कार्यक्रम ४० हजार तथा गाई भैसी पालनका लागि ६० हजार र माछा पाल्न चाहाने युवाहरुलाई प्रति कार्यक्रम तीस हजार प्रदान गरिने योजना महाशाखा प्रमुख बोहराले जानकारी दिनुभयो ।
त्यसैगरि सुदुरपश्चिम प्रदेशले ब्यास गाउँपालिका कृर्षि विकास कार्यक्रम ल्याएको उहाँले जानकारी दिनुभयो । ब्यास गाउँपालिकाका लागि कृर्षि कार्यक्रममा ४५ लाख र पशुपंक्षी कार्यक्रमका लागि ३० लाख बजेटको विनियोजन गरिएको उहाँको भनाई छ ।
त्यसैगरि प्रधानमन्त्री कृर्षि आधुनिकीकरण आयोजना ब्लक कार्यक्रम अन्र्तगत कृर्षि ज्ञान केन्द्र दार्चुलाले जिल्लाका विभिन्न स्थानियतहहरुमा कृर्षि कार्यक्रममा लागि १ करोड ४० लाख बजेट विनियोजन गरेको योजना महाशाखा प्रमुख बोहराले जानकारी दिनुभयो ।

कृर्षि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकास कुमार पन्तको अध्यक्षतामा गरिएको कार्यक्रममा सुदुरपश्चिम प्रदेशका भुमि ब्यववस्था, कृर्षि तथा सहकारी मन्त्री विनिता देबि चौधरी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा प्रदेश सभाका उपसभामुख निर्मला बडाल जोशी, प्रदेश सभा सदस्य गेल्बु सिह बोहरा, जिल्ला समन्वय समिति प्रमुख करविर कार्की, शैल्यशिखर नगरपालिकाका प्रमुख अमर सिह धामी, नौगाड गाउँपालिकाका अध्यक्ष प्रेम सिह धामी, दुहु गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, अपीहिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्याल, ब्यास गाउँपालिका उपाध्यक्ष हेमा भट्ट विशिष्ट अतिथि रहनुभएको थियो ।