भारतीय प्रशासनलाई झण्डै दुई हप्ता पछि जवाफ: कालापानीमा नेपालीहरुको आवत जावतमा बाधाहुनु हुदैन ( पत्र सहित )

0
829

दार्चुला, साउन १४ गते ।
भारतको पिथौरागढ जिल्लाको धार्चुला प्रशासनले कालापानी, गुञ्जी र लिम्पीयाधुरा क्षेत्रमा नेपालीहरु अबैध रुपले प्रबेश गरिरहेकोले जानकारी गराउन भनि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेखेको भण्डै दुई हप्तापछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले उक्त पत्रको जवाफ पठाएको छ ।
गत असार ३० गते भारतको धार्चुलाका एसडिएम अनिल कुमार शुक्लाले नेपाली प्रशासनलाई पत्र लेख्दै कालापानी,लिम्पीयाधुरा र गुञ्जी क्षेत्र भारको भएकाले त्यस क्षेत्रमा नेपाली प्रबेश गरिरहेको जानकारी आएकाले सो जानकारी गराउन दार्चुला प्रशासनलाई पत्र लेखेको थियो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन १३ गते भारतको धार्चुला प्रशासनलाई पत्र लेख्दै नेपाल र व्रिटीस इष्ट इन्डीया कम्पनीबीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धीको धारा ५ र त्यस समयमा प्रकाशित नक्साहरु र ऐतिहासिक तथ्य एबं प्रमाणहरु अनुसार काली ( महाकाली) नदी र सो पुर्वका लिम्पीयाधुरा, कुटी, नावि, गुञ्जी, कालापानी र लिपुलेक लगायतका क्षेत्रहरु नेपालको भु–भाग रहेको कुरा स्पष्ट भएको स्मरण गराएको छ ।
ती भु–भागहरुमा नेपालीहरुको आवत–जावत स्वभाविक रहेको र कहि कतै बाट बाधा अड्चन हुनु हुदैन भन्ने नेपालको धारणा रहेको छ , पत्रमा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको धार्चुलालाई लेखेको पत्र हेर्नुहोस ।भारतको धार्चुला प्रशासनले दार्चुला प्रशासनलाई लेखेको पत्र हेर्नुहोस ।