धौलीगंगा बाँधका ढोकाहरु खोलिदैः सर्तक रहन प्रशासनको आग्रह

839
धौलीगङ्गा परियोजनाको बाँध, फोटोः एनएचपीसी

दार्चुला, साउन १५ गते ।

भारतको पिथौरागढ जिल्लाको धारचुला तहशिल क्षेत्रमा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोकाहरु खोलीने भएका छन् ।
धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोकाहरु विहिबार राती १२ बजेदेखि खोलिने भारतीय पक्षले जानकारी दिएको छ ।
भारतीय पक्षले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्दै जलविद्युत परियोजनाको बाँधमा सिल्ट फ्लसिङको कार्य गरिने भएकाले ढोका खोलीन लागेको जानकारी दिएको साहयक प्रमुख जिल्ल अधिकारी टेक सि कुवरले जानकारी दिनुभयो ।
बाँधमा सिल्ट फ्लसिङको कार्य विहिबार राती १२ बजेदेखि शुक्रबार बेलुकी पौने ७ बजेसम्म गरिने भएकाले महाकाली नदीको जलस्तर बढ्ने हुदाँ महाकाली नदी किनारका बासिन्दाहरुलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।
दार्चुलामा ब्याँस गाउँपालिकाको धौलाकोटदेखि लेकम गाउँपालिकाका लाली क्षेत्रसम्मका नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई पूर्व सतर्कता अपनाउन प्रशासनले सूचित गरेको हो । परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खोल्ने गरेको छ ।

२०७० मा भारतीय पक्षले जानकारी विना जलविद्युत् परियोजनाको बाँधका ढोकाहरु खोल्दा महाकाली नदीमा बाढी आएर दार्चुला सदरमुकाम खलंगामा ठुलो क्षती भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !