कश्मीरबारे भारत–पाकिस्तान वार्ता गरौ – इमरान

0
2886

दार्चुला, भदौ ७ ।
पाकिस्तानका प्रधानमन्त्री इमराम खानले कश्मीरको विषयमा भारत र पाकिस्तानबीच वार्ता गर्न प्रस्ताव गरेका छन् । वार्ताबाटै कश्मीरलगायतका विषयमा टुंगोमा पुग्न सकिने उनले बताएका छन् ।
समस्या समाधानका लागि वार्ता अनिवार्य भएको पाकिस्तानी प्रधानमन्त्री इमरानको भनाई छ । मंगलवार ट्विट गर्दै उनले दक्षिण एसिया उपमहाद्विपमा गरिबी हटाउन र जनताको विकास लागि वार्ता नै सबैभन्दा राम्रो विकल्प भएको बताएका छन् ।
वार्ताको माध्यमबाट विवादको समाधान र व्यापार गर्न आवश्यक रहेको पाकिस्तानी प्रधानमन्त्रीको भनाई छ । सोमबार मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रमार्फत पाकिस्तानी प्रधानमन्त्रीलाई बधाई सन्देश पठाउनुभएको थियो । भारतले आफ्नो छिमेकी पाकिस्तानसंग शान्तिपूर्ण सम्बन्ध चाहेको मोदीले पत्रमा उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here