Wednesday, July 22, 2026

दार्चुला सेरोफेरो

श्रम संस्कृतिको पार्टी कार्यालय उद्घाटन

दार्चुला, असार २७ गते । श्रम संस्कृति पार्टीको जिल्ला कार्यालय शनिवार उद्घाटन गरिएको छ । सदरमुकाम खलंगास्थित तिंकरखेडामा कार्यालय उद्घाटन गरिएको छ । पार्टी जिल्ला अध्यक्ष रमेश सिंह जोहारीले कार्यालय उद्घाटन गरेका हुन् । जिल्लास्तरमा पार्टी कामलाई व्यवस्थित बनाउन कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो । दार्चुलामा गत असार १७...

तपोवन–निम्ठा सडकमा सर्वाधिक बजेट

दार्चुला, असार १२ गते । नयाँ बजेटमा दार्चुला जिल्लाभरी निर्माणाधिन सडक योजनामध्ये तपोवन–निम्ठा सडकमा सर्वाधिक बजेट विनियोजन गरिएको छ । संघीय सरकारको सम्पूरक अनुदानमा प्रदेश सरकारले यो सडक निर्माण गरिरहेको छ । महाकाली कोरिडोरबाहेक जिल्लाभित्रका निर्माणाधिन सडकमध्ये सबैभन्दा बढी बजेट तपोवन–निम्ठा–मुर्रै–होपरीगाड सडकमा ८ करोड ९१ लाख ५० हजार बजेट राखिएको...

ब्याँस गाउँपालिकाको १७ औ गाउँसभा सम्पन्न

दार्चुला, पुष २८ गते । ब्याँस गाउँपालिकाको १७ अधिवेशन तथा हिउदे गाउँसभा आइतबार सम्पन्न भएको छ । ब्याँस गाउँपालिका अध्यक्ष मंगल सिह धामीको अध्यक्षतामा गरिएको गाउँसभा बैठकले करिब १ करोड विविध शिर्षकमा रकमान्तर गर्नुका साथै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षमा सञ्चालन हुने योजनाहरु स्वीकृत गरेको छ ।...

प्रहरीमा मुद्दा दर्ता संख्या बढ्यो

दार्चुला, भाद्र २५ गते । जिल्ला प्रहरी कार्यालय दार्चुलामा मुद्दा दर्ताको संख्या बढेको छ । आर्थिक वर्ष २०८०÷८१ मा अघिल्ला दुई वर्षभन्दा मुद्दाको संख्या बढेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा मुद्दा दर्ता संख्या १ सय २६ र आर्थिक वर्ष २०७९÷८० मा यो संख्या १ सय ३५ रहेको...

दार्चुलामा बाँदर धपाउने क्रममा लडेर एकको मृत्युु

दार्चुला,भदौ १९ गते । जिल्लाकाे नाैगाड गाउँपालिकामा एक जनाको भीरबाट लडेर मृत्यु भएको छ । नौगाड गाउँपालिका-१ साङपाङका अन्दाजी ४५ वर्षका उदय सिंह ठगुन्नाको बरभगे भन्ने भीरको छेउतिरबाट लडेर मृत्युु भएको हो । बुधवार बिहान ९ बजेतिर ठगुन्नाको बाँदर धपाउने क्रममा भीरबाट लडेर घटनास्थल मै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय...

अपी–नाम्पामा नयाँ कार्यालय प्रमुख

दार्चुला, वैशाख २९ गते । अपी–नाम्पा संरक्षण क्षेत्र कार्यालयमा नयाँ कार्यालय प्रमुख आएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सहायक संरक्षण अधिकृत विनयकुमार झालाई कार्यालय प्रमुखको जिम्मेवारीसहित खटाएको हो । नयाँ कार्यालय प्रमुख झाले वैशाख २७ गतेदेखि आफ्नो जिम्मेवारी सम्हालेका छन् । अपी–नाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख...

दार्चुलामा शल्यक्रिया सहितको आँखा शिविर संचालन हुने

दार्चुला,बैशाख १३ गते । दार्चुलामा शल्यक्रिया सहितको आँखा शिविर सन्चालन हुने भएको छ । नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल धनगढी र स्थानीय तहहरुको सहयोगमा यहि बैशाख १६ गतेदेखि २५ गतेसम्म जिल्लाका विभिन्न ठाउँमा शिविर सन्चालन हुन लागेको हो । बैशाख १६ गते देखि १८ गतेसम्म महाकाली नगरपालिका–४ स्थितको महेन्द्र...

चार पालिकामा ९० प्रतिशत विद्युतिकरण

दार्चुला । दार्चुलाका चार स्थानीय तहमा ९० प्रतिशत घरधुरीमा विद्युत सेवा पुगेको छ । नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका अनुसार महाकाली र शैल्यशिखर नगरपालिका तथा मालिकार्जुन र दुहुँ गाउँपालिकामा ९० प्रतिशतभन्दा बढी घरधुरीमा विद्युतिकरण भइसकेको छ । आर्थिक वर्ष २०७९/८० सम्म जिल्लाभरीका ६० प्रतिशत घरधुरीमा विद्युत...

टिंकर नाका खुल्ने मिति अनिश्चित,पास जारी भएन

दार्चुला, भदौ ४ गते ।दार्चुलाको टिंकर नाका खुल्ने मिति तोकिएको छैन । गृह मन्त्रालयले दुई हप्ताअघि जिल्ला प्रशासनलाई चीनिया पक्षसंग समन्वय गरेर नाका सुचारु गर्न निर्देशन दिए पनि चीनिया प्रशासनसंग सम्पर्क हुन नसक्दा ढिलाइ भएको छ । चीनिया प्रशासनसंग सम्पर्क र समन्वन हुन नसकेकाले नाका सञ्चालन गर्न...

ऊर्जामन्त्री शक्तिको शक्ति दुरुपयोग,,दार्चुलाको नदी नियन्त्रण आयोजना बैतडी सरुवा

दार्चुला, भदौ ३ गते । नेपालमा शक्तिको दुरुपयोग नगर्ने को होला र ? त्यसमा पनि मन्त्री भएकाहरु शक्तिको आडमा स्वार्थकेन्द्रीत कार्य गराउन बदनाम छन् । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्ति बस्नेतले मन्त्री पदको शक्ति यसैगरी दुरुपयोग गरी दुइटा कार्यालयलाई अर्को जिल्लामा सरुवा गराएका छन् । सरकारी...

लोकप्रिय