श्रम संस्कृतिको पार्टी कार्यालय उद्घाटन

0
23

दार्चुला, असार २७ गते ।
श्रम संस्कृति पार्टीको जिल्ला कार्यालय शनिवार उद्घाटन गरिएको छ । सदरमुकाम खलंगास्थित तिंकरखेडामा कार्यालय उद्घाटन गरिएको छ ।
पार्टी जिल्ला अध्यक्ष रमेश सिंह जोहारीले कार्यालय उद्घाटन गरेका हुन् । जिल्लास्तरमा पार्टी कामलाई व्यवस्थित बनाउन कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो ।
दार्चुलामा गत असार १७ गते मात्रै श्रम संस्कृति पार्टीको जिल्ला तदर्थ समिति गठन गरिएको थियो । पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङ दार्चुला पुगेका बेला पार्टीको तदर्थ समिति घोषणा गरिएको थियो ।
व्यास गाउँपालिकाको वडा नम्बर २ काठा दुम्लिङमा आर्थिक सहयोग र श्रमदानबाट झोलुंगे निर्माण गरी चर्चा पाएका हर्क साम्पाङले पार्टी संगठन विस्तार पनि गरेका छन् ।
श्रमदान, समाजसेवा र देशको हितका सक्रिय हुने नागरिकलाई पार्टीमा आवद्ध गराउने लक्ष्य रहेको जिल्ला अध्यक्ष जोहारीले बताउनुभयो । दुम्लिङको झोलुंगे पुल निर्माणपछि पार्टी र नेतृत्वप्रति आम नागरिकको आकर्षण बढेको उहाँको भनाई छ ।
पार्टी कार्यालय उद्घाटन कार्यक्रममा जिल्ला उपाध्यक्ष गणेश सिंह बुढाथोकी, सचिव दिनेश सिंह धामी, कोषाध्यक्ष मनिषा विष्टलगायत पदाधिकारी र पार्टी शुभचिन्तकहरुको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here