विद्युतका तीन हजार ग्राहक थपिए

0
6

दार्चुला, साउन ६ गते ।
दार्चुलामा नेपाल विद्युत प्राधिकरणका तीन हजार ग्राहक थपिएका छन् । आर्थिक वर्ष २०८२–८३ मा ३ हजार ७७ ग्राहक थपिएको प्राधिकरणको दार्चुला वितरण केन्द्रले जनाएको छ ।
असार मसान्तसम्मको अवधिमा दार्चुला जिल्लाभरी विद्युत ग्राहक संख्या २३ हजार १७ पुगेको वितरण केन्द्र प्रमुख रोशनकुमार ठाकुरले बताउनुभयो । अघिल्लो वर्ष २०८१–८२ सम्म यो संख्या १९ हजार ९४० थियो ।
विद्युतका २२ हजार ७०१ ग्राहक मिटर रिडिङमा समेटिएको वितरण केन्द्र प्रमुख ठाकुरको भनाई छ । नयाँ मिटर जडान गरेको ४० दिनपछि मिटर रिडिङ सुरु हुने गरेको उहाँले बताउनुभयो ।
दार्चुलामा ३१६ नयाँ ग्राहकले मिटर जडान भइसके पनि मिटर रिडिङ सुरु भइसकेको छैन । जेठ र असार महिना थपिएका नयाँ ग्राहकको मिटर रिडिङ बाँकी रहेको छ ।
दार्चुला जिल्लाभरी २९ हजार घरधुरी रहेकोले ६ हजार घरमा विद्युत सेवा पुग्न बाँकी रहेको वितरण केन्द्र प्रमुख ठाकुरले बताउनुभयो । अघिल्लो वर्ष २०८१–८२ मा १९ हजार ९४० रहेको विद्युत ग्राहक संख्या आर्थिक वर्ष २०८०–८१ मा १८ हजार ५५२ रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here