चौथोपटक खुल्यो टिंकर नाका

0
36

दार्चुला, साउन ५ गते ।
चीनको ताक्लाकोट जोड्ने टिंकर नाका चौथो पटक खुलेको छ । मंगलवार चीनिया पक्षले चौथो पटक नाका खोल्दा २१ जना व्यापारी ताक्लाकोट गएका छन् ।
दार्चुलाका स्थानीयवासीका लागि मात्रै टिंकर नाका खोलिदैआएको छ । ताक्लाकोटमा परम्परागतरुमा व्यासवासी र जिल्लाभित्रका अन्य भूगोलका नागरिकले व्यापार गर्दैआएका छन् ।
मंगलवार ११ महिला र १० पुरुष टिंकर नाका भएर ताक्लाकोट प्रवेश गरेको सशस्त्र प्रहरी नम्बर ४४ गणका गणपति एवं एसपी गुणराज न्यौपानेले बताउनुभयो । यसअघि असार ९ गते यो वर्ष पहिलोपटक नाका खोलिएको थियो । असार १७ गते दोस्रो पटक र असार २९ गते तेस्रो पटक नाका खोलिएपछि नेपाली व्यापारी ताक्लाकोटतर्फ पुगेका छन् ।
मंगलवार विहानैदेखि तिंकरदेखि १ नम्बर पिलरसम्मको क्षेत्रमा पानी परिरहेको इलाका प्रहरी कार्यालय तिंकरका इन्चार्ज एवं सई दान सिंह धामीले बताउनुभयो । ‘हिजो रातीदेखि नै लगातार पानी परिरहेको छ, वर्षासंगै व्यापारीको टोली ताक्लाकोटतर्फ गएको छ’ उहाँले भन्नुभयो ।
लगातारको वर्षाको कारण व्यापारीको टोली केही ढिलोगरी चीनिया चेकपोष्टमा पुगेको थियो । टाटाक्षेत्र र १ नम्बर पिलर वरिपरि हिमपात समेत भएको घोडाखच्चरसहित फर्किएका स्थानीयलाई उद्दृत गर्दै प्रहरीले बताएको छ ।
मौसमी प्रतिकुलता भए पनि व्यापारीको टोलीले १ नम्बर पिलरक्षेत्र सुरक्षित रुपमा पार गरेको प्रहरीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here