चीनबाट १८ अर्बका विद्युतीय गाडी नेपाल भित्रिए

0
5

काठमाडौं, वैशाख ३० गते ।
नेपाल र चीनबीचको व्यापारिक नाका खासा हुँदै १८ अर्ब ९३ करोड ९३ लाख ५० हजार ८६३ रुपियाँका विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। दुई आर्थिक वर्षमा गरेर उक्त मूल्यका सात हजार ४९२ थान इभी गाडी काठमाडौँ भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। त्यसबापत नेपाल सरकारलाई १० अर्ब ४५ करोड ६७ लाख ८६ हजार १५२ रुपियाँ राजस्व प्राप्त भएको भन्सार अधिकृत रमेशबहादुर शाहले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।
आव २०८२/८३ फागुन मसान्तसम्म १५–२५ सिटे ३४ थान मिनीबस, ४७९ वटा ११ देखि १४ सिटे माइक्रोबस, ३५० वटा ५० किलोवाटमाथिका कार, जिप र भ्यान, ५१ देखि एक सय किलोवाटका ९३४ वटा कार, जिप र भ्यान, १०१ देखि दुई सय किलोवाटका १८० थान कार, जिप, भ्यान, २०१ देखि तीन सय किलोवाटका चार वटा मोटर्सपिक पावर, तीन सय किलोवाटभन्दा माथिका एक थान कार, दुई हजार सिसीका तीन वटा गाडी, पाँच टन ट्रक दुई वटा, तीनपाङ्ग्रे सवारीसाधन छ वटा, फोर ह्विलर्स १०४ वटा, पाँच वटा डेलिभरी भ्यान र अन्य एक वटा विद्युतीय सवारीसाधान आयात भएको अधिकृत शाहले बताउनुभयो।
त्यसै गरी २०८१/८२ मा एक थान बसेस विथ वान्ली इलेक्ट्रिक मोटर फर प्रोपल्सन, २५१ वटा १५ देखि २० सिटका मिनीबस, ११ देखि १४ सिटका ८०९ थान माइक्रोबस, ५० किलोवाटका कार जिप, भ्यान ८८८ वटा, ५१ देखि एक सय किलोवाटका सानो कार, जिप, भ्यान ७८१ थान, १०१ देखि दुई किलोवाटका ४८६ थान, २०१ देखि तीन सयसम्म किलोवाटका मोटर्सपिक पावर १२ वटा, तीन सय किलोवाट माथिका एक थान कार, दुई हजार सिसीका डबल क्याब पिकअप गाडी १८ थान, २० टनका ट्रक चार वटा, फोर ह्विलर कार ११८ वटा विद्युतीय सवारीसाधन आयात भएको शाहले बताउनुभयो। चालु आवमा चीनबाट विद्युतीय गाडी अत्यधिक मात्रामा आउन थालेको भन्सार कार्यालयले जनाएको छ।
(साभार : सिजिटिएन नेपालीबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here