राष्ट्रघाती MCC पास नगरौँ ( गजल )

0
1146

लक्ष्मी बडाल ।

वीर पुर्खाले आर्जेको देश हो सरकार आत्मघाती mcc पास नगरेकै बेस
युक्रेनको जस्तो हालत होला नेपालले नि अमेरिकाको आसमा नपरेकै बेस ।

पैसाको लोभमा यो देशलाई आफ्नो कब्जामा पार्न खोज्दैछ अमेरिकाले
अब उसका चिप्ला कुरामा मख्ख पर्दै त्यसकै पछि नसरेकै बेस।

चाहिदैन तिम्रो बिकास गर्ने बाहानाको भर पर्नु छैन हामीले
सरकारmcc पास गर्नको लागि अमेरिकातिर अब नतरेकै बेस।

नेपाली लाई साधन बनाएर प्रयोग गर्न खोज्दैछ होसियार सरकार
चाहिदैन त्यसको बिकास अब mcc पास गर्छुभनी भ्रम नछरेकै बेस।

के छैन यो देशमा बिकास गर्न सक्यो भने एउटा बिजुली बेचेर अरब कमाउन सक्छौ
सरकार वीर सहिदको खुनको बलि छ यो माटोमा mcc पास गर्न पावर नभरेकै बेस।

अमेरिकि सेनाको गोलि खाएर मर्नु भन्दा नेपाली कै गोलि खाएर मर्न तयार छौ
स्वाधीन नेपालीका सन्तान हौ हामी अब उसको गुलामी बन्न नझेरेकै बेस।