दार्चुलामा लक्ष्यभन्दा १६ लाख बढी भन्सार संकलन

0
2

दार्चुला, साउन २ गते ।
दार्चुला भन्सार कार्यालयले वार्षिक लक्ष्यभन्दा १६ लाख १२ हजार २७८ रुपैयाँ बढी भन्सार राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षमा निर्धारण गरिएको लक्ष्य गत वैशाखमा पूरा गरिएको थियो ।
गत वर्षको वार्षिक लक्ष्य १ करोड ५० हजार रुपैयाँ राखिएकोमा असार मसान्तसम्म १ करोड १६ लाख ६२ हजार २७८ रुपैयाँ भन्सार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
असार महिनामा मात्रै ७ लाख ९० हजार ४५६ रुपैयाँ भन्सार संकलन गरिएको दार्चुला भन्सार कार्यालयका सुचना अधिकारी विकास सुनारले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here