धारचुलाका पूर्व ब्लकप्रमुख होशियार सिंह खैरको निधन

0
16

दार्चुला, असार २७ गते ।
भारतको पिथौरागढ जिल्लाअन्तर्गत धारचुला क्षेत्रका पूर्व ब्लकप्रमुख होशियार सिंह खैरको शनिवार निधन भएको छ । हृदयघातबाट ५२ वर्षको उमेरमा उहाँको निधन भएको धारचुलाका स्थानीय मिडियाहरुले खबर सार्वजनिक गरेका छन् ।
धारचुला बजारमा बसोबास गर्दैआएका खैरको स्वास्थ्यमा समस्या आएपछि आफन्तजनले धारचुलास्थित उप जिल्ला चिकित्सालय पुर्याएका थिए । तर, चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए । अस्पताल पुग्नु अगावै खैरको निधन भइसकेको डा. गुञ्जालले बताएका छन् ।
पूर्व ब्लकप्रमुख खैरको निधनले धारचुला क्षेत्रका वासिन्दा शोकाकुल बनेका छन् । ठूलो संख्यामा धारचुलाका स्थानीयवासी अस्पताल परिसर पुगेका छन् । लामो समयदेखि धारचुला क्षेत्रको राजनीति र सामाजिक सेवामा खैर सक्रिय थिए ।
खैरको शवलाई धारचुलास्थित अस्पतालमा राखिएको छ । आइतवार पोष्टमार्टमपछि उहाँको अन्तिम दाहसंस्कार गरिने जनाइएको छ । पुलिस टोलीले घटनाको मुचुल्कालगायतका कागजपत्र तयार गरिरहेको छ ।
स्वर्गिय खैरमा आमा दशरथी खैर धारचुला नगरपालिका परिषद्का पूर्व अध्यक्ष हुन् । भारतीय काग्रेस पार्टीबाट खैर परिवारले राजनीति गर्दैआएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here