दार्चुलामा पहिलो पटक एक जना कोरोना संक्रमित भेटिए

0
3490

विरा दत्त भट्ट, दार्चुला । दार्चुलामा पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् । दार्चुला सदरमुकाम खलंगा स्थित महाकाली नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक जनामा कोरोना संक्रमण पाइएको छ ।
महाकाली नगरपालिका का २१ बर्षिय पुरुषमा पिसिआर रिर्पाेट पोजेटिभ देखीएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी एबं सूचना अधिकारी टेक सिह कुवरले जानकारी दिनुभयो ।
ब्यासी शौका समुदायको कुञ्चा सर्ने बेला जेठ ८ गते खलंगा स्थित नेपाल भारत जोड्ने पुल खोलीएको अवस्थामा त्यी ब्यक्ति भारतबाट भित्रीएको उहाँको भनाई छ ।
कोरोना संक्रमित ब्यक्तिको उपचारका लागि जिल्ला अस्पत्ताल दार्चुलामा लगिएको जिल्ला अस्पत्ताल दार्चुलाका सूचना अधिकारी डम्बर भट्टले जानकारी दिनुभयो ।
कोरोना सक्रमितको जिल्ला अस्पत्ताल दार्चुलामा उपचार भइरहेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पनि पुष्टि गर्नुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।