धार्चुलामा कोरोना परीक्षणका लागि २४ नमुना संकलन

1743

दार्चुला । भारतको सिमावर्ती बजार धार्चुलामा कोरोना परीक्षणका लागि २४ जनाको नमुना संकलन गरिएको छ । विहिबार स्वास्थ्य विभागले रेडजोनबाट आएका नागरिकहरु र कोरोना नियन्त्रणमा खटिएका स्वाथ्यकर्मीहरुको नमुना संकलन गरेको भारतीय पत्रकार राकेश तिवारीले जानकारी दिनुभयो ।
सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख डॉ एम के जयसवाल सहित २४ जनाको परीक्षणका लागी नमुना संकलन गरिएको हो ।
संकलन गरिएका सबै नमुना पिसिआर परिक्षणका लागी हल्द्धानी पठाइएको छ ।
पिथौरागढमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि नागरिकहरुले परीक्षणको माग गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस् !