कर्मचारीको न्युनतम पारिश्रमिक लागु गर्न सांसद ठगुन्नाको माग

0
1438

लक्ष्मण सिह धामी , दार्चुला । दार्चुला जिल्लाबाट प्रत्यक्ष निर्बाचित सांसद गणेशसिह ठगुन्नाले न्युन पारिश्रमिकमा काम गरिरहेका कर्मचारीको न्युनतम पारिश्रमिक लागु गर्न सरकार संग माग गरेका छन् ।

आजको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य समेत रहनु भएका सासंद ठगुन्नाले न्युनतम पारिश्रमिक भन्दा कम ज्यालामा काम गर्दै आएका कर्मचारीहरुको श्रम शोषणको अन्त्य गर्न न्युनतम पारिश्रमिक लागु गर्न सरकारसंग माग गर्नुभएको छ । नेपालको संविधान ,राष्ट्रिय, अन्तराष्ट्रिय श्रम कानुन अनुरुप आगामी आर्थिक वर्षबाट लागु हुने गरि न्युनतम पारिश्रमिक लागु गर्नुपर्ने उहाँको माग छ ।
लामो समयदेखि सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी,शिशु कक्षाका शिक्षिका, अतिरिक्त हुलाकका कर्मचारी, नेपाल सरकारको विभिन्न संस्थानहरुमा कार्यरत कर्मचारी, कार्यालय सहयोगी, सवारी चालक र महिला स्वास्थ्य स्वयम् सेविकाहरुको श्रम शोषण भइरहेकोले आगामी बजेटबाट न्युनतम पारिश्रमिक लागु गर्नुुपर्ने सांसद ठगुन्नाले माग गरेका छन् ।