पिथौरागढमा बर्षादमा १० लाख बोटविरुवा रोपिदै

171

कालापानी न्युज, दार्चुला ।
भारतको पिथौरागढमा बर्षादको समयमा १० लाख बोटविरुवा रोपिदै छ । बर्षादको समयमा बन विभाग १० लाख वोटविरुवा रोप्ने तयारीमा रहेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।
पिथौरागढ जिल्ला भरिका १ हजार ६ सय ३९ बन पञ्चायतहरुमा करीब १० लाख विरुवाहरु बृक्षारोपण गरिने योजना रहेको छ ।
बृक्षारोपणको सुरुवात जेठ २३ गते विश्व बताबरण दिवसको अवसरमा गरिने छ । बर्षादमा बन विभागले सार्वजनिक भूमीमा बृक्षारोपण परियोजना अन्र्तगत विभिन्न जातीका बोटविरुवाहरु बृक्षारोपण गर्नेछ ।
पिथौरागढमा डिएफओ डा. विनय भार्गबले विकास निर्माणले बताबरणमा क्षतीपुर्तीका लागी सार्वजनिक भूमीमा बोटविरुवा बृक्षारोपण अभियान चलाइने बताएका छन् ।
डा. विनय भार्गबका अनुसार बृक्षारोपणमा फलदार, चारा प्रजाति, इधन, औषधि, इमारती, शोभादार र मिश्रीत उपयोगका बोटविरुवाहरुको बृक्षारोपण गरिने छ । यसका साथै बन महोत्सब, हरेला पर्वमा पिथौरागढ जिल्ला भरी बृहत बृक्षारोपण अभियान चलाइने साथै रोपीएका विरुवाहरुको संरक्षण पनि गरिने डिएफओ डा. विनय भार्गबले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !