मालिकार्जुन गाउँपालिको एम्बुलेन्स दुर्घटना

0
728

दार्चुला,साउन १२ गते ।
दार्चुलाको मालिकार्जुन गाउँपालिकाको एम्बुलेन्स डडेल्धुरामा दुर्घटनामा परेको छ । बिरामी बोकेर गएको एम्बुलेन्स डडेल्धुराको अमरगढी नगरपालिका–५ किरमडेमा नालीमा छिरेको हो ।
सुपप्र ०२००१ झ १३१ नम्बरको एम्बुलेन्स गएराति दुर्घटना हुँदा कुनै मानवीय क्षति भने नभएको डडेलधुरा प्रहरीले जनाएको छ ।
एम्बुलेन्समा सवार बिरामीहरुलाई भने डडेल्धुरा अस्पतालले रेफर गरेको छ ।