छाङरु विओपीका पहिलो कमाण्डर चन्द पुरस्कृत

0
839

बिरा दत्त भट्ट
माघ १० गते, दार्चुला ।भारतद्धारा अतिक्रमित नेपाली भूमी कालापानी लिपुलेक क्षेत्र नजिकको सशस्त्र प्रहरीको विओपी छाङरुका पहिला कमाण्डर प्रहरी निरीक्षक लिलिबहादुर चन्द सम्मानित भएका छन् । काठमाण्डौ हलचोकमा शुक्रबार भएको २० औ सशस्त्र प्रहरी दिवसको अवसरमा चन्द सम्मानित भएका हुन् ।
शान्ती सुरक्षा र अमनचयन कायम गराई नागरिकहरुमा सुरक्षा प्रत्याभुति दिन सशस्त्र प्रहरीले दिएको जिम्मेवारी चन्दले उत्कृष्ट ढंगले गरेको भन्दै दिवसको अवसरमा सम्मानित गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक चन्दले अनुशासित ढंगले कार्य सम्पादन गरि राष्ट्र समाज र संंगठनको छबी उच्च राख्न सफल भएकोमा नगद ५ हजार सहित सशस्त्र प्रहरीले सम्मानपत्र प्रदान गरेको छ । सीमा क्षेत्रमा सुरक्षाको महत्वपुर्ण जिम्मेवारी दिने संगठन प्रमुख तथा कार्य सम्पादनमा सहयोग गर्ने सहकर्मीहरुलाई प्रहरी निरक्षक चन्दले समाजिक सञ्जाल फेसबुक मार्फत धन्यबाद दिएका छन् ।
नेपाली भूमी लिपुलेक हुदै मानसरोवर जाने धार्चुला–लिपुलेक सडकको भारतले उद्धाघाटन गरेपछि नेपाल सरकारले पहिलो पटक कालापानी भन्दा १२ किलोमिटर तल छाङरुमा सशस्त्र विओपीको स्थापना गरेको थियो ।
सरकारले पहिलो पटक २०७७ बैसाख ३१ गते छाङरुमा सशस्त्र प्रहरीको विओपी स्थापना गरे पश्चात विओपीमा प्रहरी निरीक्षक लिलिबहादुर चन्दलाई कमाण्डरको जिम्मा दिएको थियो । सुरुमा सशस्त्र विओपी स्थापना गरिएको छाङरुमा हाल सशस्त्रको गुल्म स्थापना भइसकेको छ ।