सुत्केरी महिलाको हवाई उद्धार

790

दार्चुला, माघ १० गते । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत दार्चुलामा एक जना सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । जिल्ला अस्पताल दार्चुलामा सुत्केरी भएकि ब्यास गाउँपालिका वडा नं ५ बस्ने २८ बर्षिया शोभा विष्टको अत्याधिक रक्तश्राबका कारण हवाई उद्धार गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिनुभयो । अस्पतालमा अप्रपेशन गरेर बच्चा जन्माएकी विष्टको अत्याधिक रक्तश्राब भएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत रेफर गरिएको उहाँको भनाई छ । सुत्केरी महिलाको स्वास्थ्य अवस्था विग्रीएकाले थप उपचारका लागि बाहिर लग्नुपर्ने भन्ने आफन्तहरुको अनुरोधमा हवाई उद्धार गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो । “महिलाका आफन्तहरुले विहान ४ बजे नै खबर गरेका थिए, हामीले माथी पत्राचार विहानै गरिसकेका थियौ, विहान सात बजे नै हेलिकोप्टर तयार थियो, सुर्खेतमा मौषम खराबिका कारण केहि समय लाग्यो” उहाँले भन्नुभयो । गर्भवति तथा सुत्केरी महिलालाई जटिल स्वास्थ्य समस्या भए उपचारका लागि सुविधा सम्पन्न अस्पतालहरु सम्म सरकारले निःशुल्क हवाई उद्धार गर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !