काठमाण्डौं, चैत्र १७ गते ।
नेपाल बार एशोसिएशनका पुर्व उपाध्यक्ष एवम् संबैधानिक कानूनका जानकार अधिवक्ता टिकाराम भट्टराईले नेपाल बार एशोसिएशनको २६ औं कार्यसमितिको निर्वाचनमा आफुहरु सरकारसंग लडिरहेको बताउनुभएको छ ।
वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी नेतृत्वको अन्तिम चुनावी सभामा सम्बोधन गर्नुहुदै अधिवक्ता भट्टराईले सो कुरा बताउनुभएको हो ।
’यो चुनाव कानून व्यवसायीहरुको बीचमा भएको देखिएपनि यथार्थमा हामी (प्रगतिशील समुह) सरकार संग चुनाव लडिरहेको कुरा हामीले हेक्का राख्नुपर्ने उनले बताए ।
नेपाल बारमा अहिले सरकार बस्ने पर्यत्न भईरहेको छ उहाँको भनाई छ । २०१३ सालदेखि हालसम्म हाम्रा पुर्खाहरुले नेपाल बारमा कहिल्यै सरकारलाई प्रवेश दिएनन्, नेपाल बार जहिल्यै सरकारको प्रतिपक्षी थियोे, नेपाल बार सधै कार्यपालिकाका ज्यादतीका विरुद्धमा थियो तर अहिले बालुवाटारबाट टिकट बाडेर सरकारले नेपाल बारमा आफ्नो सहभागिता खोजेका छ, उहाँले भन्नुभयो ।
प्रगतिशील समुहलाई आन्दोलन विरोधी र आफुलाई बार आन्दोलनको हिमायती ठान्ने बृहत लोकतान्त्रिक गठबन्धनको कार्यप्रति लक्षित गर्दै प्रगतिशील समुहका अध्यक्षका उम्मेद्बार विष्णुमणि अधिकारी ७४ दिन आन्दोलनमा देखिएको तर गठबन्धनतर्फका उम्मेद्बारलाई आन्दोलनमा नदेखेको बताउनुभयो । त्यसैले १०९ दिने बार आन्दोलनको स्वामित्व गठबन्धनले एक्लै लिन नसक्ने ठोकुवासमेत गर्नुभयो ।