दार्चुला, असार ३ गते ।
भारतको धार्चुलामा विहिबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धार्चुला तहशिल क्षेत्रमा गरिएको आजको कोरोना परिक्षणमा १८ जनामा कोरोना पुष्टि भएको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् । यो संगै धार्चुलामा कोरोनाका पुष्टि हुनेको संख्या ४ सय २१ पुगेको छ । धार्चुलामा हाल ६९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । हाल सम्म ३ सय ४४ जनाले कोरोना जितेका छन् भने ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।