कोराना दार्चुलाः तीन जनाले कोरोना जिते, तीन नयाँ संक्रमित थपिए

0
975

दार्चुला, मंसिर ३० गते ।
दार्चुलामा मंगलबार तीन जनाले कोरोना जितेका छन् भने तीन जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मंगलबार कोरोना संक्रमण पुष्टी हुने अपिहिमाल गाउँपालिकाका एक जना पुरुष र लेकम गाउँपालिकाका दुई जना पुरुषहरु रहेको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
अपिहिमाल गाउँपालिकाको मकरीगाड हाइड्रोपावरमा कार्यरतहरुमा कोरोना पुष्टि भएपछि कन्टेक्ट ट्रेसीङका आधारमा ४५ जनाको कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको थियो जसमध्ये  एक जना ३० बर्षिय पुरुषमा कोरोना पुष्टि भएको सुचना अधिकारी कार्कीले जानकारी दिनुभयो । त्यसैगरि लेकम गाउँपालिकामा पनि कोरोना पुष्टि भएका ब्यक्तिहरुको कन्टेक्ट ट्रेसीङका आधारमा ५७ जनाको कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको थियो । जसमध्ये २ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।
साथै अपिहिमाल गाउँपालिकाको मकरीगाड हाइड्रोपावरमा कार्यरत कोरोना संक्रमित दुई जना श्रीलङ्कन नागरिकहरुले कोरोना जितेका छन् । उनिहरु संगै कोरोना संक्रमित अर्का ब्यक्तिले पनि मंगलबार कोरोना जितेको सूचना अधिकारी काकीले जानकारी दिनुभयो । दार्चुलामा हाल सम्म ३ हजार ८ सय ४१ जनाको कोरोना परिक्षण गरिएकोमा ३ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएका ३ सय १० जना मध्ये हाल १२ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसध्ये दुई जनाको मृत्यु भएको छ भने २ सय ९६ जनाले कोरोना जितको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क छ ।