विरा दत्त भट्ट, दार्चुला ।
दार्चुलाबाट निर्वाचीत नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का सांसदहरुले स्थानियतहहरु र स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् । प्रतिनिधी सभा सांसद गणेष सिह ठगुन्ना र सुदुरपश्चिम प्रदेश सभा सांसदहरु मानबहादुर धामी (सन्तोष) र गेल्बुसिह बोहराले स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । दार्चुला जिल्लाका स्वास्थ्य संस्थाहरु र स्थानियतहहरु संग पिपिई, इन्फारेड थर्मामिटर, एन ९५ मास्कको अभाव भइरहेका बेला नेकपा बाट निर्वाचीत प्रतिनिधी सभा र प्रदेश सभा सांसहरुले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश कमिटि सदस्य जमन सिह धामीले विहिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई सांसदहरुको तर्फबाट स्वास्थ्य सामग्री हस्थान्तरण गरेका हुन् ।

जसमा इन्फारेड थर्मामिटर ९ थान, एन ९५ मास्क ३० थान, पिपिई ५ थान, साधारण पिपिई १४ थान र मास्क एक सय थान हस्थान्तण गरेका छन् ।
इन्फारेड थर्मामिटरहरु दार्चुला जिल्लाका ७ वटा स्थानियतहहरुलाई एउटा÷एउटा र जिल्ला अस्पत्ताल दार्चुला र गोकुलेश्वर अस्पत्तालाई एउटा÷एउटा प्रदान गरीने छ।
एन ९५ मास्कहरु १५ थान जिल्ला अस्पत्ताल दार्चुलालाई र १५ थान गोकुलेश्वर अस्पत्ताललाई दिइने छ । पिपिइहरु ३ थान जिल्ला अस्पत्ताल दार्चुला र २ थान गोकुलेश्वर अस्पत्ताललाई दिइने छ भने साधारण पिपिई एम्बुलेन्स चालक र सरसरफाई कर्मचारीहरुलाई दिईने छ । एक हजार थान मास्कहरु भने आवस्यकता अनुसार जिल्ला विपद् ब्यवस्थापन समितिले वितरण गर्नेछ ।

कारोना संकटका बेला स्वास्थ्य सामग्रीहरु दार्चुलामा अभाव भइरहेकाबेला सांसदहरुले प्रदान गरेको भन्दै दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले धन्यबाद दिएका छन् ।