प्रमुख समाचार
एक महिनाभित्र सिट क्षमता बढाउन र प्रालि दर्ता गर्न समयसीमा
दार्चुला, मंसिर ९ गते ।
सरोकारवालाहरुको बैठकले दार्चुलाका जीप व्यवसायीहरुलाई एक महिनाभित्र सिट क्षमता बढाउन र प्रालि दर्ता गर्न समयसीमा दिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सार्वजनिक यातायातलाई सहज बनाउन छलफल गरी एक महिनाभित्र जीपहरुलाई सिटको क्षमता बढाउने समयसीमा दिने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी...
विचार/दृष्टिकोण
एक करोडले टिंकर सडक बन्छ त अर्थमन्त्रीज्यू ?
शंकर सिंह धामी ।
केपी ओली नेतृत्वको सरकारलाई विस्थापित गरी बनेको सुशीला कार्की नेतृत्वको सरकारमा रामेश्वर खनाल अर्थमन्त्री छन् । प्रधानमन्त्री सुशीला कार्कीले पहिलो सार्वजनिक सम्बोधन गर्दा पृष्ठभूमिमा चुच्चे नक्सा नराखिएको वा हटाइएको विषयले चर्चा पाएको थियो । लगत्तै अर्थमन्त्री रामेश्वर खनालले पृष्ठभूमिमा नेपालको चुच्चे नक्सा राखेर भारत, चीन...
राजनीति
दार्चुला सेरोफेरो
तपोवन–निम्ठा सडकमा सर्वाधिक बजेट
दार्चुला, असार १२ गते ।
नयाँ बजेटमा दार्चुला जिल्लाभरी निर्माणाधिन सडक योजनामध्ये तपोवन–निम्ठा सडकमा सर्वाधिक बजेट विनियोजन गरिएको छ । संघीय सरकारको सम्पूरक अनुदानमा प्रदेश सरकारले यो सडक निर्माण गरिरहेको छ ।
महाकाली कोरिडोरबाहेक जिल्लाभित्रका निर्माणाधिन सडकमध्ये सबैभन्दा बढी बजेट तपोवन–निम्ठा–मुर्रै–होपरीगाड सडकमा ८ करोड ९१ लाख ५० हजार बजेट राखिएको...
स्थानीय सरकार
टिंकर सडकअन्तर्गत राप्लाको राङथलसम्मको सडक खुल्यो
दार्चुला, कार्तिक २७ गते ।
व्यास गाउँपालिकाको वडा नम्बर २ राप्लाको राङथल वस्तीसम्मको सडक सुचारु गरिएको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी–टिंकर सडकअन्तर्गत मालगाउँभन्दा अगाडिको कोठधार, सगनाडी र राङथल वस्तीसम्मको सडक सञ्चालनमा ल्याइएको हो ।
गत जेठ महिनामा पहिलोपटक राङथलसम्म टेक्टर र नेपाली सेनाको जीप पुगेको थियो । वर्षातमा...
मुख्यमन्त्रीसंग स्थानीय तहका प्रमुखहरुको गुनासै–गुनासो
दार्चुला, कार्तिक २४ गते ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाह र दार्चुलाका स्थानीय तहका प्रमुखहरुबीच आरोप–प्रत्यारोप भएको छ । जेनजी आन्दोलनपछि पहिलोपटक प्रदेशका जिल्लाहरु भ्रमण गर्नेक्रममा आइतवार दार्चुला पुगेका मुख्यमन्त्री शाहसंग स्थानीय तहका प्रमुखहरुले प्रदेश सरकारको भूमिका, योजना छनौट र कार्यक्रमबारे आक्रोस पोखेका छन् ।
मुख्यमन्त्री दार्चुला आउने भएपछि...
व्यास पैदलबाटोको सवा करोड बजेट फिर्ता, सवा चार करोडबाट के –कति...
दार्चुला, कार्तिक २३ गते ।
संघीय सरकारले गत आर्थिक वर्षमा व्यासको पैदलबाटो निर्माणका लागि व्यास गाउँपालिकालाई साढे ५ करोड सशर्त अनुदान उपलब्ध गराएकोमा एक चौथाइ बजेट फिर्ता भएको छ । समय अभावका कारण निर्माण कार्य न्युन भएकोले संघीय सरकारलाई १ करोड २५ लाख ४४ हजार ७ सय ७२ रुपैयाँ...
जेनजी आन्दोलनमा काग्रेस कार्यालयबाट ६५ हजार नगद हरायो, साढे १८ लाखको...
दार्चुला, कार्तिक २३ गते ।
जेनजी आन्दोलनका क्रममा नेपाली काग्रेस दार्चुलाको जिल्ला कार्यालयबाट ६५ हजार रुपैयाँ नगद हराएको छ भने हराएको नगदसहित १८ लाख ६४ हजार ८ सय रुपैयाँको क्षति भएको छ ।
नेपाली काग्रेसले तयार गरेको क्षतिको विवरण अनुसार जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीबाट कार्यालयभित्रका फर्निचर...




















