भारतीय पेन्सनरहरुका लागि झुलाघाट नाका पाँच दिन सम्म खोलिदै

0
1895
फाइल फोटोः झुलाघाट नाका

दार्चुला, मंसिर ५ गते ।
कोरोना महामारीका कारण नेपाल भारत सीमानाका बन्द रहेकाले भारतीय सुरक्षा निकायबाट अवकास प्राप्त नेपाली नागरिकहरुले भारत गएर पेन्सन बुझ्न सकिरहेका छैनन् । भारतीय पेन्सनरहरुका लागि दार्चुलाको खलंगा सीमानाका पछिल्लो पटक दशैका बेला खोलीएको थियो । बैतडीका पेन्सनरहरुका लागि भने पछिल्लो समय सिमानाका नखुल्दा पेन्सन बुझ्न सकिरहेका थिएनन् ।
सीमानाका बन्द हुदाँ पेन्सनहरु समस्यामा परेका कारण मंसिर आठ गते देखि पाँच दिन सम्म बैतडीको नेपाल भारत जोड्ने झुलाघाट नाका पेन्सनरहरुका लागि खोलिने भएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय एवं जिल्ला प्रशासन कार्यालय बैतडी र जिलाधिकारी कार्यालय पिथौरागढबीचको सहमतिमा मंसिर ८ गतेदेखि १२ गतेसम्म पाँच दिन पुल खोल्न लागिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । भारतीय पेन्सनरहरका लागि सहजताका लागि पाँच दिन सम्म सीमानाका खोल्न लागिएको हो ।