आठ जना विद्युतका कर्मचारी तथा तीन जना प्रहरी सहित १७ जनामा कोरोना पुष्टि

0
928

दार्चुला, मंसिर ५ गते ।
शुक्रबार दार्चुलामा थप १७ जनामा कारोना पुष्टि भएको छ । महाकाली नगरपालिका क्षेत्रका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको महाकाली नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोहन सिह महराले जानकारी दिनुभयो । केही दिन अघि विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलामा कार्यरत कर्मचारीको कोरोनाकै कारण मृत्यु भएको थियो ।
मृतकको सम्पर्कमा रहेकाहरुको कोरोना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो । कोरोना पुष्टि हुनेमा विद्युत कार्यालय दार्चुलाका आठ जना, मृतक कर्मचारीको परिवारका दुई जना, जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत तीन जना प्रहरी, एक जना थुनुवा तथा एक जना सरकारी वकिल कार्यालय दार्चुलाका हलुका सवारी चालक र बाकि समुदायका रहेको महाकाली नगरपालिका स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिनुभयो ।
मृतक विद्युत कार्यालयका कर्मचारीको कन्ट्याक्ट टे«सिङमा परेका ४५ जनाको स्वाब संकलन गरि पठाइएको थियो । तीमध्ये आज प्राप्त नतिजा अनुसार १७ जनाका कोरोना संक्रमण हो ।
यो संगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या २ सय ७९ पुगेको छ । तीमध्ये २ सय ६१ जनाले कोरोना जितेका छन् भने १८ जना सक्रिय संक्रमितहरु रहेको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।