ब्यास गाउँपालिकाको अकर्मण्यताले ब्यास बासिले भारतबाट बसाई सर्नुपर्यो: सासंद ठगुन्ना

0
971
फाईल फोटोः पुर्व मन्त्री गणेस सिह ठगुन्ना

दार्चुला, मंसिर ६ गते ।
ब्यास गाउँपालिकाको अकर्मण्यताले छाङरु र तिंकर बासिहरुले यस सिजनको मौषमी बसाई सराई भारतबाट सर्नुपरेको प्रतिनिधि सभा सासंद गणेश सिंह ठगुन्नाको भनाई छ । तत्कालीन ब्यास गाविस तथा हालको ब्यास गाउँपालिकाको वडा नं १ जोड्ने बाटो पञ्चायत कालमा समेत निर्वाध रुपमा सञ्चालन गरिएको थियो । पछिल्लो समय अवरुद्ध भएको बाटो सञ्चालन गर्न ब्यास गाउँपालिकाले लापरवाहि गर्दा यो अवस्थाको सिर्जना भएको उहाँको भनाई छ । २०५४ देखि ०५९ सम्म आफु जिल्ला विकास समिति दार्चुलाको सभापती भएका बेला समेत बाटो चुस्त र दुस्त राखेको उहाँको भनाई छ ।
घोरेटो बाटो बनाउने कार्यक्षेत्र हाल स्थानिय सरकारको भएपनि संघ र प्रदेश सरकारले बजेटको ब्यवस्थापन गर्दा समेत ब्यास गाउँपालिकाले उपभोक्ता समिति गठनमा अवरोध गरेको बुझीएको दार्चुला सदरमुकाम खलंगामा प्रेस संगठन दार्चुलाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सासंद ठगुन्नाले भन्नुभयो । वडा क्षेत्रमा सञ्चालन हुने योजनाहरुको उपभोक्ता समिति गठन गर्ने अधिकार वडाध्यक्ष तथा वडा समितिको भएपछि ब्यास गाउँपालिकाले वडाको अधिकार हस्तक्षेप गरि आफु निकटका कार्यकर्ताहरुलाई उपभोक्ता समिती बनाउन खोज्दा बाटो निर्माणमा ढिलाई भएको उहाँको भनाई छ ।
ब्यास गाउँपालिकाको वडा नं १ घाटीबगड क्षेत्रको कडा चट्टानी ५ सय ५० मिटर बाटो नेपाली सेनाले समयमै सम्पन्न गरको भएपनि वडा नं २ तम्पाकु क्षेत्रको बाटो निर्माणमा ब्यास गाउँपालिकाले लापरवाहि गर्दा छाङरु र तिंकर बासिहरुले यो सिजनको मौषमी बसाई सराई सर्न भारतको भर पर्नु परेको प्रदेश सभा सदस्य गेल्बु सिह बोहराको भनाई छ ।
“उपभोक्ता समिति गठन गर्न आनाकानी गरि वडाको अधिकार बञ्चीत गरेर ब्यास गाउँपालिका अध्यक्ष लगायतले कार्यकर्ताहरुलाई उपभोक्ता समिति बनाउने, मनोनित सदस्यलाई उपभोक्ता समितिको अधिकार दिने, सदरमुकाममा बसेर नक्कली उपभोक्ता समिति पेस गर्ने कुराले बाटो निर्माणमा ढिलासुस्ती भयो” उहाँले भन्नुभयो ।
ब्यास गाउँपालिका अध्यक्षलाई आफुले फोन गरेर यो बाटो राष्ट्रियता संग जोडिएको भएकाले उपभोक्ता समिति बनाउन राजनिति नगरौ, छिटो बनाउने गरि उपभोक्ता समिति गठन गरौ भन्दा गाउँपालिकाको अकर्मण्यताले छाङरु र तिंकर बासिहरुले भारतबाट कुञ्चा सर्नुपरेको सासंद ठगुन्नाको भनाई छ ।
“संघीय सरकारबाट उक्त बाटो निर्माण गर्नका लागि ५ करोड बजेट विनियोजन गरेको भएपनि गाउँपालिकाले उपभोक्ता समिति गठन गर्न नसक्नुले बाटो बनेन, उपभोक्ता समिति गठन गर्ने वडाको अधिकार हत्याउदा बढी लासुस्ती बाहेक केहि भएन ” उहाँले भन्नुभयो ।
विषेश गरि भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पीयाधुरा क्षेत्रलाई नेपालले आफ्नो नक्सामा समाबेश गरेपछि उक्त क्षेत्रका जनताहरुलाई स्वदेशबाटै आवत जावत गर्ने वतावरणको सिर्जना गरिनुपर्ने कुरा उठेपछि नेपाल सरकारले कडा चट्टानी क्षेत्रमा बाटो बनाउन सेना नै परिचालन गरेको थियो ।
कडा चट्टानी बाटो सेनाले सफलतापुर्वक बनाइसकेको अवस्थामा सरकारले तम्पाकु भिरको सानो बाटो बनाउन नसकेको जनताहरुको आरोप लागिरहेका बेला सांसद ठगुन्नाले संघीय र प्रदेश सरकारले बजेट दिदाँ पनि ब्यास गाउँपालिका अध्यक्षले उपभोक्ता समिति गठनमा राजनितिकरण गर्दा समयमै बाटो बन्न नसकेको आरोप लगाउनु भएको छ ।
ब्यास गाउँपालिकाले उक्त बाटोको नाममा हाल सम्म लाखौ खर्च गरि नक्कली विल बनाउँने र बाटो नहुदाँ जनताले भारतबाट आवत जावत गर्नुपर्ने हालको अवस्था गाउँपालिकाले सिर्जना गरेकोे सांसद ठगुन्नाले आरोप लगाउनुभयो ।
बजेट र स्रोत साधन उपलब्ध गराउदा गराउदै पनि राजनितिकरण गरेर आफ्नै गाउँपालिका क्षेत्रका जनताहरुलाई भारतको बाटो भएर आउनुपर्ने बाध्यताको सिर्जना गरिएको छ, उहाँले भन्नुभयो । ब्यास गाउँपालिकाले तीन बर्ष सम्म ब्यास जाने बाटोको नाममा खर्च गरेको बजेटको जनताले छानविन गर्नुपर्ने उहाँको भनाई छ ।