सीमा क्षेत्रमा राती किन उड्यो भारतीय हेलिकोप्टर ?

0
636
फाइल फोटो

दार्चुला, फागुन २८ गते । 
नेपाल भारत सीमा क्षेत्रमा शनिबार राती साढे ८ बजेतिर भारतीय हेलिकोप्टर उडेको छ । भारत धार्चुलाको आकाशमा उडेको हेलिकोप्टर नेपाली अतिक्रमित भूमि गुन्जी, कालापानी क्षेत्र तर्फ गएको छ । सम्भवतः सीमा क्षेत्रमा यसरी राती हेलिकोप्टर उडेको घटना पछिल्लो समय पहिलो हो ।

भारतले राती सीमा क्षेत्रमा किन हेलिकोप्टर उडायो त्यो भने यकिन हुन सकेको छैन । आपतको समयमा मात्रै राती हेलिकोप्टर उडान हुने पत्रकार महासंघ दार्चुलाका निवर्तमान अध्यक्ष शंकरसिह धामीको भनाई छ । नेपाली अतिक्रमित भूमिमा भारतले बाक्लो सङ्ख्यामा भारतीय सेना र अर्धसैनिक बल तैनाथ गरेको छ । राती हेलिकोप्टर उडाइनुले बिरामी भएको वा सीमा क्षेत्रमा कुनै सैनिक गतिविधि भएको अनुमान छ । भारतले बेलाबेला सीमा क्षेत्रमा शङ्कास्पद गतिविधि गर्दै आएको छ । हाल भारतको धार्चुलाकोटमा भारतीय सेनाको युनिट तैनाथ छ । उचाई भएका पहाडमा बसेर सेनाले कुनै अभ्यास पनि गरिरहेको हुन सक्ने निवर्तमान अध्यक्ष धामीको भनाई छ ।