लास्कुगाडमा पौडी खेल्ने क्रममा दुई बालकको ज्यान गयो

0
1421

दार्चुला, असार ८ गते ।
दार्चुला सदरमुकाम खलंगामा रहेको लास्कुखोलामा पौडी खेल्ने क्रममा  दुई जना बालकको मृत्यु भएको छ ।

मंगलबार पौडी खेल्ने क्रममा दिउसो २ बजेतिर लास्कुगाड निर्माधिन पुल छेउमा  ह्युमपाईपमा अड्कीएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं प्रहरी प्रबत्ता नरेन्द्र बहादुर चन्दले बताउनुभयो । मृत्यु हुनेमा ब्यास गाउँपालिका ४ सुन्सेरा घर भई हाल दार्चुला सदरमुकाम बस्दै आएका अमर सिह खत्रीका छोरा बर्ष १७ का प्रकास खत्री र दुहु गाउँपालिका ४ धारी घर भई दार्चुला सदरमुकाममा होटेल ब्यवसाय गर्दै आइरहेका मञ्जु कुवरका छोरा बर्ष १२ का रमित कुवरको मृत्यु भएको उहाँले बताउनुभयो । लास्कु गाडमा दार्चुला तिंकर सडकको निर्माणाधिन पुल नजिक पौडी खेलेका बालकहरु नदीमा तल बगेको र निर्माणाधिन पुल नजिकको ह्युमपाईपमा अड्कीएर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुबै जनाको शब जेसिविको साहयताले निकालीएको छ ।