महाकाली नदीमा महिलाको बेवारिसे शब फेला

674

दार्चुला, साउन १२ गते ।
दार्चुला सदरमुकाम खलंगा गल्फै क्षेत्रको महाकाली नदीमा एक महिलाको बेवारिसे शब फेला परेको छ ।

महाकाली नदी किनारमा अन्दाजी २५/३० बर्षकी महिलाको बेवारिसे शब फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले बताउनुभयो । महाकाली नदीमा बगिरहेको शब गल्फै क्षेत्रमा किनारा लागेको भनि मंगलबार दिउसो करिब १२ बजे प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली गई नदी किनाराबाट शब निकालेको छ । प्रहरी निरीक्षक पुस्कर सिह ऐरीको टोलीले नदी किनारबाट शब निकाली मुचुल्का लिएको छ । शबलाई जिल्ला अस्पताल दार्चुलाको शब राख्ने भवनमा राखिएको छ । मृतकको पहिचानका लागि महाकाली नदी किनार क्षेत्रका सीतापुल देखि लाली सम्मका प्रहरी युनिटहरुलाई खबर गरिएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । शबमा धेरै घाउ नभएकाले १०/ १२ किलोमिटर माथिबाट नदीमा बगेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । महाकाली सीमा नदी भएकाले शब नेपाली नागरिकको हो वा भारतीयको हो यकिन गर्न सकिएको छैन । बेवारिशे शब कसको हो भन्ने पहिचान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !