महाकालीमा भारतले निर्माण गरिरहेको तटबन्धको काम रोक्न पुर्वमन्त्री ठगुन्नाको ध्यानाकर्षण 

0
395

दार्चुला, माघ १४ गते । 
दार्चुला सदरमुकाम खलंगाको पारी पट्टी महाकाली नदी थुनिनेगरि भारतले तटबन्ध निर्माण गरिरहेको छ । भारतले निर्माण गरिरहेको उक्त तटबन्धको काम तत्काल रोक्नका लागि दार्चुलाबाट निर्वाचित सांसद एवं पुर्वमन्त्री गणेशसिह ठगुन्नाले सरकारको ध्यानाकर्षण गराएका छन् ।  

पूर्वमन्त्री ठगुन्नाले शुक्रबार परराष्ट्रमन्त्री नारायण खड्का मार्फत भारतले निर्माण गरिरहेको तटबन्धको कार्य रोक्न ध्यानाकर्षण गराउनुभएको हो । दार्चुला सदरमुकाम क्षेत्रभित्र महाकाली नदीमा भारतीय पक्षबाट नदीको प्रवाह प्रभावित हुनेगरि तटबन्ध निर्माण भइरहेकाले उक्त कार्य तत्काल रोक्न नेपाल सरकारले भारत सरकारसँग सार्थक पहल गर्नुपर्ने उहाँको माग छ ।  


२०७० सालको बाढीबाट दार्चुला सदरमुकाम लगायत अन्य क्षेत्रमा ठुलो जनधनको क्षति भएकाले भारतले निर्माण गरेकोे पुरानो तटबन्ध भन्दा ७ देखि १० मिटर सम्म भित्र आएर निर्माण कार्य गरिरहेकोले नेपालतर्फ भविष्यमा झन् जोखिम हुने भन्दै पूर्व मन्त्री ठगुन्नाले सरकारको ध्यानाकर्षण गराएका छन् ।    


सीमा नदीमा तटबन्ध निर्माण गर्दा निश्चित अन्तराष्ट्रिय मान्यताहरु पालना गर्नुपर्ने भएता पनि भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण कार्य सञ्चालन भईरहेकोले नेपाल सरकारले भारत सरकारको ध्यानाकर्षण गराई तत्काल रोक लगाउन पहल गरिनुपर्ने उहाँको माग छ ।
पुर्वमन्त्री ठगुन्नाले दुई देशका प्रतिनिधि सम्मिलित टोलीको प्रतिवेदन अनुसार मात्र निर्माण कार्य अगाडी बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक पहलकदमी गर्नुपर्ने माग राखेका छन् । 

पत्र हेर्नुहोस ।