भारतले जिलेलिन पड्काउदा महाकाली नदी थुनियो, छाङरु, तिंकर जोड्ने बाटो अवरुद्ध

0
694
फाईल फोटोः तम्बाकु क्षेत्र

दार्चुला, जेठ २५ ।
भारतले सडक निर्माणका क्रममा जिलेटिन पड्काउदाँ दार्चुलाको ब्यास गाउँपालिका वडा नं २ कल्जु क्षेत्रमा महाकाली नदीको पानी थुनिएको छ ।

वडा नं २ को कल्जु खोला देखि करिब दक्षिण २ सय मिटर दक्षिण क्षेत्रमा नदी थुनिएको र बाटो समेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी नरेन्द्र बहादुर बमंले जानकारी दिनुभयो । मंगलबार दिउसो तीन बजेतिर सडक निर्माणका क्रममा जिलेटिन पड्काउदा त्रिदेशीय सीमा क्षेत्र जोड्ने नेपाल तर्फको बाटो अवरुद्ध भएको तथा महाकाली नदी थुनिएको उहाँको भनाई छ । प्रहरी चौकी दुम्लीङबाट करिब दुई सय मिटर उत्तरी क्षेत्रमा पर्ने उक्त स्थानको वास्तविक वस्तु स्थिती बुझ्न प्रहरी चौकी दुम्लीङबाट प्रहरी टोली खटिएको छ । भारतले धार्चुला लिपुलेक सडक दुई लेनको बनाउनका लागि हाल गर्वाधार क्षेत्रमा चट्टान काटिरहेको छ । भारतले सडक निर्माणका क्रममा अत्याधिक जिलेटिनको प्रयोग गर्ने भएकाले बेला बेलामा नेपाल तर्फको बाटो अवरुद्ध हुने गरेको छ ।