प्रहरी र स्थानियहरुको सक्रियतामा कल्जुमा अवद्ध भएको बाटो निर्माण गरिदै

0
801
फाईल फोटोः तम्बाकु क्षेत्र

दार्चुला, जेठ २७ गते ।

दार्चुलाको ब्यास गाउँपालिका वडा नं २ कल्जुमा अवरुद्ध भएको छाङरु जोड्ने बाटो प्रहरी र स्थानियको सक्रियतामा निर्माण भइरहेको छ ।

बुधबार भारतले सडक निर्माणका क्रममा जिलेटिन पड्काउदाँ कल्जु क्षेत्रमा बाटो अवरुद्ध बनेको छ । अवरुद्ध भएको १ सय ५० मिटरबाटो विहिबार प्रहरी चौकी दुम्लीङका प्रहरी सहायक निरीक्षक जनक बहादुर सिह तथा स्थानियहरुको सक्रियतामा निर्माण सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी सहायक निरीक्षक एबं सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । बुधबार दिउसो तीन बजेतिर सडक निर्माणका क्रममा जिलेटिन पड्काउदा त्रिदेशीय सीमा क्षेत्र जोड्ने नेपाल तर्फको बाटो अवरुद्ध हनुका साथै आशिंक रुपमा महाकाली नदी समेत थुनिएको छ ।