दार्चुलामा एमालेका सदस्य पदका दुई उम्मेदवार निर्विरोध निर्वाचित 

0
497

दार्चुला, बैशाख १९ गते ।  


दार्चुलामा नेकपा एमालेबाट सदस्य पदका दुई उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । मार्मा गाउँपालिकामा एक जना र अपिहिमाल गाउँपालिकामा एक जना सदस्य पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । 


अपिहिमाल गाउपालिका वडा नम्बर ३ बाट एमालेका दलित महिला सदस्य पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमालेका सोभा टमटा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरि मार्मा गाउँपालिका वडा नं ५ मा नेकपा एमालेका महिला वडा सदस्य पदका उम्मेदवार कमला महता निर्विरोध निर्वाचित भएको मार्मा गाउँपालिकाका निर्वाचन अधिकृत लबराज जोशीले जानकारी दिनुभयो । बैशाख १६ गते उम्मेदवारको नामावली फिर्ता लिने दिन नेपाली काङ्ग्रेसका उम्मेद्वारले नाम फिर्ता लिएपछि नेकपा एमालेबाट महिला वडा सदस्यका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए ।
साथै आज मार्मा गाउँपालिकाका निर्वाचन अधिकृत जोशीले गाउँपालिकाको विकट क्षेत्र वडा नं १ मा रहेको ताकु, गुल्जर क्षेत्रको मतदान केन्द्रको निरिक्षण अनुगमन गरेका छन् । मतदान केन्द्रको भौगोलिक अवस्था, शान्ति सुरक्षा व्यवस्थापनको चुनौती लगायतका बारेमा जानकारी लिनका लागि अनुगमन गरिएको निर्वाचन अधिकृत जोशीले बताउनुभयो ।