कैचुला टावरको हिउँ सफा गरेपछि ब्यास क्षेत्रमा फोन सेवा सुचारु 

0
511

दार्चुला, पुष ३० गते । 
हिमपातका कारण झण्डै एक हप्ता सम्म सञ्चार विहीन बनेको ब्यास क्षेत्रमा शुक्रबारबाट फोन सेवा सुचारु गरिएको छ । 

नेपाली सेना र स्थानीय युवाको टोलीले टावरको सोलार प्यानलमा थुप्रिएको हिउँ पन्छाएपछि टावर सञ्चालनमा आएको भाइनेटका कर्मचारी एवं स्थानीय युवा करन सिह खत्रीले बताउनुभयो ।
भारी हिमपातको बाटो छिचोल्दै बेल्चा बोकेर हिउँ पन्छ्याउन टोली दुर्गम कैचुला टावरमा पुगको थियो । सञ्चार विहीन हुदाँ केहि घटनाको जानकारी दिन समेत समस्या हुने गरेको स्थानीय पत्रकार मान सिह कुवरको भनाई छ । 

सौर्य ऊर्जाबाट ब्यास क्षेत्रमा टावर सञ्चालन गरिएकोले हिमपात परेका बेला सञ्चार सेवा अवरुद्ध हुने गरेको छ ।  ब्यास गाउँपालिका वडा नं ४ कैचुलामा रहेको नेपाल टेलिकमको टावरबाट सुन्सेरा, धौलाकोट, सिना, राप्ला, दुम्लीङ लगायत भारतको सोसा, पांगु, पाङला लगायत गाउँका बासिन्दा समेत सेवा लिने गरेका छन् ।
माघे संक्रान्तिका बेला चेलिबेटी तथा बाहिर रहेका आफन्तहरु संग कुराकानी गर्न समस्या भइरहेका बेला जोखिम छिचोल्दै हिउँ पन्छ्याएर टावर सुचारु गरेकोमा नेपाली सेना र युवालाई स्थानियहरुले धन्यबाद दिएका छन् ।