भारतीय राजदूतावासका उप–प्रमुख खम्पा दार्चुलामा 

0
590
दार्चुला सदरमुकाम खलंगा र भारतीय बजार धार्चुला

दार्चुला, मंसिर ११ गते । 
भारतीय राजदूतावासका उपप्रमुख नाक्मा सि खम्पा शनिबार दार्चुला आइपुगेका छन् । दुहुँ गाउँपालिकाका बाढीपीडितहरूलाई राहत वितरण तथा भारतीय राजदूतावासको सहयोगमा धापमा बनेको विद्यालय भवनको हस्तान्तरणका लागि खम्पा दार्चुला आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुस्कर सिह ऐरीले जानकारी दिनुभयो । 

खम्पाले दार्चुलामा दुहुँ गाउँपालिकाका बाढी पहिरो पीडितहरूलाई सहयोग, भारतीय राजदूतावासको सहयोगमा निर्माण सम्पन्न महाकाली नगरपालिका ७ मा रहेको मालिकार्जुन मावि धापको विद्यालय भवनको हस्तान्तरण तथा जिल्ला समन्वय समिति पदाधिकारीहरु संग साक्षात्कार गर्ने कार्यक्रम रहेका ऐरीले बताउनुभयो ।
दुई तिन दिनको बसाइपछि भारतीय राजदूतावासका उपप्रमुख खम्पा फर्किने कार्यक्रम रहेका छ । उहाँको साथमा एक जना सहयोगी पनि दार्चुला पुगेका छन् ।